Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
असारदेखि भदौसम्म सडक खन्न र भत्काउन रोक « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

असारदेखि भदौसम्म सडक खन्न र भत्काउन रोक

चिन्तन खबर

काठमाडौं । सडक विभागले आगामी १ असारदेखि भदौ मसान्तसम्म सडक खन्न र भत्काउन नदिने भएको छ ।

सडक विभाग अन्तरगतको संघीय सडक अनुगमन तथा सुपरीवेक्षण कार्यालय काठमाडौंले सूचना निकालेर १ असारदेखि कुनै पनि सडक खन्न अनुमति नदिइने बताएको छ । वर्षा लागेको अवस्थामा धारा, ढल, बिजुली तथा टेलिफोन जस्ता प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत गरी यथास्थितिमा ल्याउन नसकिने भएकाले यस्तो व्यवस्था गरिएको विभागले बताएको छ ।

यसरी खन्दा सडक पनि थप बिग्रिंदै जाने विभागको स्पष्टीकरण छ । कसैले अटेर गर्दै जबरजस्ती सडक खनेमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने पनि विभागको सूचनामा उल्लेख छ ।