Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
प्रदेश नं १ मा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत    « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

प्रदेश नं १ मा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत   

चिन्तन खबर

विराटनगर । प्रदेश नं १ का प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारको तर्फबाट आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो ।

उहाँले प्रदेशसभा नियमावली, २०७४ को नियम ३५(१) बमोजिम प्रदेशसभामा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । यसअघि प्रदेश प्रमुख खापुङलाई प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले नीति तथा कार्यक्रमको पुस्तक हस्तान्तरण गर्नुभएको थियो ।

यसैगरी आज सञ्चालन भएको दोस्रो बैठकमा सभामुख प्रदीपकुमार भण्डारीको आदेशमा मुख्यमन्त्री राईले प्रदेशसभा नियमावली, २०७४ को नियम ३६(१) बमोजिम प्रदेश प्रमुखले प्रदेशसभामा सम्बोधन गर्नुभएको वार्षिक नीति तथा कार्यक्रमको एक प्रति सभामा टेबुल गर्नुभयो ।
सभामुख भण्डारीले सदनसमक्ष प्रदेश प्रमुखबाट सम्बोधनका लागि राख्नुभएको धन्यवाद प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । प्रदेशसभाको अर्को बैठक जेठ २६ गते दिनको १ बजे बस्नेछ ।