काठमाडौं । प्रमुख प्रतिपक्षि नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गत निर्वाचनमा एक सिट जित्नका लागि गठबन्धनले राज्य संयन्त्रको दुरुपयोग गरेको दाबी गर्नुभएको छ ।
नव निर्वाचित जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिदै ओलीले एमालेको पक्षमा मत पर्न नदिनका लागि गठबन्धनले धाँधली गरेर, मान्छे मारेर र अपहरण गरेर भए पनि निर्वाचन जितेको दाबी गर्नूभएको हो ।
‘एउटा सिटका लागि राज्यसंयन्त्रको दुरुपयोग गरेर नेकपा एमालेको हातबाट किन अहिले भएको स्वतन्त्र र स्वच्छ निर्वाचन त्यसको परिणाम एमालेको पक्षमा जान्छ भन्ने उनीहरुलाई लाग्यो । त्यसै कारणले उनीहरु यस्तो संयन्त्रमा गए ।’ उहाँले भन्नुभयो, ‘एमालेको पक्षमा जान्छकी भन्ने उनीहरुलाई कुनै पनि हालतमा एमालेको पक्षमा जान नदिनका लागि मान्छे मारेर अपहरण गरेर जे जे गरेर पनि जित्ने । पैसा प्रशासन सबैको दुरुपयोग गरेर भए पनि जित्ने साथीहरुको योजना छ । साथीहरुको भन्नाले अहिलेको गठबन्धनलाई पनि मैले एउटा सभ्य भाषामा साथीहरु भनेँ । धाँधलीबादहरु, लोकतन्त्र विरोधी तत्वहरु ।’
प्रतिक्रिया