काठमाडौं । प्रमुख प्रतिपक्षि दल नेकपा (एमालले)ले संसद वहिष्कार गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माको अर्थमन्त्रीको जवाफ अनावश्यक रहेको र बजेट निर्माण अनधिकृत व्यक्तिको हस्तक्षेपबारे छानबिन नभएको भन्दै एमालेले संसद बहिस्कार गरेको हो ।
एमाले प्रमुख सचेतक विशाल भट्टराईले भन्नुभयो– ‘प्रमुख प्रतिपक्षी दल उभिइसकेपछि यो सदन अगाडि बढ्न सक्दैन, अर्थमन्त्रीको जवाफ सुन्नुपर्ने कुनै कारण छैन । यथास्थितिमा हामी यो सदन बहिस्कार गर्छौ ।’
प्रतिक्रिया