Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
प्रदेश १ मा मोटरसाइकलको कर बढ्यो « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

प्रदेश १ मा मोटरसाइकलको कर बढ्यो

चिन्तन खबर

विराटनगर । अधिक सर्वसाधारणले प्रयोग गर्ने सवारीको साधन मोटरसाइकलमा प्रदेश १ सरकारले सवारी कर बढाएको छ । आगामी आर्थिक वर्षको बजेटले सवारी कर बढाएको हो ।

प्रदेश सरकारले १२५ सीसीको मोटरसाइकलमा एक सय रुपैयाँ कर बढाउन प्रस्ताव गरेको छ । यसअघि १२५ सीसीको मोटरसाइकलको वार्षीक कर दुई हजार ८०० रुपैयाँ निर्धारण गरिएको थियो । अब ३ हजार रुपैयाँ तिर्नु पर्ने छ ।

१२६ देखि २६० सिसीसम्मका मोटरसाइकल तथा स्कुटरमा पाँच सय शुल्क घटाउन प्रस्ताव गरेको प्रदेश सरकारले १६१ देखि २५० सिसीसम्मको मोटरसाइकलमा एक हजार रुपैयाँ बढाउन प्रस्ताव गरेको छ ।

यसअघि १२६ देखि २५० सीसीसम्मको मोटरसाइकलको वार्षिक कर ४ हजार ५०० निर्धारण गरिएको थियो । नयाँ व्यवस्था अनुसार अब १२६ देखि १६० सीसीसम्मको मोटरसाइकल तथा स्कुटरमा ४ हजार र १६१ देखि २५० सीसीसम्मका मोटरसाइकलको वार्षिक कर ५ हजार ५०० रुपैयाँ तोकिएको छ ।

सरकारले २५१ देखि ४०० सिसिसम्मका मोटरसाइकलमा एक हजार र ४०१ सीसी देखिमाथिका मोटरसाइकलको कर एक हजार पाँच सय रुपैयाँ बढाएर १० हजार रुपैयाँ बनाइएको छ ।

४०० सीसी भन्दामाथिको मोटरसाइकलको कर १८ हजार रुपैयाँ कायम गरिएको छ । प्रदेश सरकारले बजेट मार्फत साना चार पांग्रे सवारी साधनको कर पनि बढाएको छ ।

१ हजार सीसीसम्मको कार, जीप, भ्यान र माइक्रोबसको कर एक हजार एक सय बढाएर २२ हजार ५०० बनाइएको छ । अटो रिक्सा, टेप्पो, ट्याक्टर, पावर टिलर, डोजर, एक्साभेटर, लोडर रोलरलगायत सवारीको वार्षिक करमा पाँच सयदेखि तीन हजारसम्म बढेको छ ।

प्रदेश १ को बजेटले एकै पटक पाँच वर्षको सवारी कर तिरेको अवस्थामा दश प्रतिशत छुट दिने व्यवस्था गरेको छ । आगामी आर्थिक वर्षमा एकै पटक पाँच वर्षको सवारी कर तिर्ने करदातालाई १० प्रतिशत छुट दिने नीति बनाएको प्रदेश १ आर्थिक मामिला तथा योजना मन्त्रालका सचिव सुमन दाहालले बताए । प्रदेशको आम्दानी वृद्धि गर्न नयाँ व्यवस्था गरिएको उनको दाबी छ ।

आगामी आर्थिक वर्षका लागि ३९ अर्ब ७३ करोड ८३ लाखको बजेट ल्याएको सरकारले आन्तरिक आम्दानी चार अर्ब ९८ करोड हुने अनुमान गरेको छ । (अनलाइनखवरबाट)