फिदिम । पाँचथरको फिदिम नगरपालिका-२ ओदिनका घाइते अवस्थामा लोपोन्मुख ‘गिद्ध’ फेला परेको छ । सञ्चारकर्मी नारायण तुम्बापोको आँगन नजिकै उक्त ‘गिद्ध’ फेला परेको डिविजन वन कार्यालयले जनाएको छ ।
उड्न र हिंड्न सक्ने अवस्थामा नरहेको उक्त ‘गिद्ध’ को उद्धार गरी डिविजन वन कार्यालयमा खबर गरेर कार्यालयका प्रतिनिधिलाई जिम्मा दिएको पत्रकार तुम्बापोले बताए ।
घाइते अवस्थामा भेटिएको ‘गिद्ध’ वन कार्यालयललाई जानकारी गराएर जिम्मा लगाइएको नारायण तुम्बापोले जानकारी दिनुभयो ।
डिविजन वन कार्यालयका सहायक वन अधिकृत श्रीनारायण यादवका अनुसार बृद्ध ‘इन्डियन भल्चर’ हो । लामो समयसम्म आकाशमा उडिरहँदा भोक र थकाईले भुईमा झरेको हुन सक्ने उनले बताउनुभ भयो ।
उक्त गिद्धलाई हालः डिविजन वन कार्यालयमा राखेर खानेकुरा दिने हेरचार गर्ने काम भइरहेको कार्यालयले जनाएको छ ।
तस्वीरः नारायण तुम्बापो
प्रतिक्रिया