Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
अन्तर्घातको घाउबाट मुक्त हुँदै आम निर्वाचनको तयारीमा एमाले « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

अन्तर्घातको घाउबाट मुक्त हुँदै आम निर्वाचनको तयारीमा एमाले

विपुल अधिकारी

काठमाडौँ । नेकपा (एमाले) ले स्थानीय निर्वाचनमा पार्टीभत्र देखिएको आरोप–प्रत्यारोप र आपसी आशङ्काको धङधङीबाट मुक्त भएर आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तयारीमा केन्द्रित हुन अन्तरपार्टी निर्देशन (अपानि) जारी गरेको छ ।

“असमझदारीलाई छलफलद्वारा, असहयोगलाई आलोचनाद्वारा र अन्तर्घातलाई कारबाहीका माध्यमबाट सम्बोधन गर्ने”, पार्टीका अध्यक्ष केपी शर्मा ओलीबाट मातहतका कमिटीलाई दिइएको निर्देशनमा भनिएको छ, “आपसी अन्तरविरोधका कारण कारबाहीको दायरा अनावश्यकरूपमा फराकिलो नहोस् भन्ने कुरामा विशेष सजगता अपनाउने । प्रमाणित र पुष्टि भएका अन्तर्घातका सीमित घटनामा विधि पु¥याएर बिना मोलाहिजा नगर्ने ।”

एमालेको सो अपानि–४ मा सत्ता गठबन्धन, पार्टीभित्रका समस्या र अन्तर्घातका बीच स्थानीय निर्वाचनमा लोकप्रिय मतमा एमाले अगाडि रहेका निर्वाचित पदमा दोस्रो हुन पुगेको स्वीकार गरिएको छ । । सो पार्टीको केन्द्रीय सचिवालयको नवौँ बैठक (२०७९ जेठ ३०) र दसौँ बैठक (असार १९) गतेका निर्णय पार्टीका तल्ला कमिटीलाई जानकारी गराउन जारी निर्देशनमा निर्वाचनको मूल सन्देश र शिक्षालाई स्थापित गर्ने तथा प्रतिरक्षात्मक मनोविज्ञानलाई अन्त्य गर्ने भनिएको छ ।

सोका लागि यही असार मसान्तभित्र सबै पालिकाको निर्वाचन समीक्षा सम्पन्न गरी त्यसको प्रतिवेदन केन्द्रमा पठाइसक्ने, निर्वाचनको तयारी, परिचालन र मत रक्षामा कहाँ–कहाँ कमी रह्यो भन्ने निर्वाचन समीक्षाबाट निकालिएका निष्कर्षको सूची बनाएर विगतको कमीलाई नदोहो¥याउने सुनिश्चित गर्ने र स्थानीय निर्वाचनको परिणामलाई आधार बनाएर प्रतिनिधिसभा निर्वाचन क्षेत्र र प्रदेशसभा निर्वाचन क्षेत्रको अलग–अलग विश्लेषणसहित शक्ति सन्तुलनको अद्यावधिक समीक्षा गर्ने निर्देशनमा उल्लेख छ ।

यस्तै पार्टीको आन्तरिक एकतालाई सुदृढ गर्न स्थानीय निर्वाचनका क्रममा र त्यसभन्दा पहिले पनि रहेका असमझदारी रहेको भए खुलस्त छलफल, आलोचना–आत्मालोचना र अन्य विधिमार्फत समाधान गर्ने र पार्टी एकतालाई बलियो बनाउने, पार्टीभित्र उत्पन्न समस्यामध्ये कुन चाहिँ असमझदारी हो, कुन असहयोग हो र कुन चाहिँ अन्तर्घात हो भन्ने कुराको वस्तुनिष्ठ, निष्पक्ष र सन्तुलित पहिचान गर्ने एमालेको निर्णय रहेको छ ।

एमालेले स्थानीय तहको निर्वाचनमा भएको अन्तर्घातबारे छानबिन गर्न उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेको थियो भने आम निर्वाचनलाई ध्यानमा राखेर सातै प्रदेशमा प्रशिक्षण सञ्चालन गर्न जिम्मेवारी दिएको छ ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले ३२९, एमालेले २०६, नेकपा (माओवादी केन्द्र) ले १२१, जनता समाजवादी पार्टी (जसपा)ले ३०, नेकपा एकीकृत समाजवादीले २०, लोकतान्त्रिक समाजवादी पार्टीले १६ र अन्य पार्टी तथा स्वतन्त्र उम्मेदवारले ३१ पालिकामा प्रमुख÷अध्यक्ष जितेका छन् ।

देशभर कूल निर्वाचित जनप्रतिनिधि सङ्ख्यामध्ये कांगे्रसले ४०, एमालेले ३४ र माओवादी केन्द्रले १४ प्रतिशत पदमा जित हासिल गरेका छन् । अघिल्लो निर्वाचनमा पहिलो स्थानमा रहेको एमालेले पालिकाका प्रमुख/अध्यक्षले प्राप्त गरेको समग्र मतको विश्लेषण गर्दा यस निर्वाचनमा पनि एमाले पहिलो स्थानमा कायमै रहेको सो पार्टीको बुझाइ रहेको छ । एमालेले अघिल्लो निर्वाचनमा सदर कुल मतको एक तिहाई मत (३३%) हासिल गरेको थियो भने यस निर्वाचनमा लोकप्रिय मतमा एक प्रतिशत (३४%) वृद्धि गरेको छ । एमालेबाट चोइटिएर बनेको नयाँ दल नेकपा (एकीकृत समाजवादी) ले चार प्रतिशत मात्र मत प्राप्त गरेको छ ।

स्थानीय पार्टी कमिटी र जनसङ्गठन परिचालन

सो पार्टीले जनसरोकारका विषयमा सबै स्थानीय पार्टी कमिटी र जनसङ्गठनले विरोध कार्यक्रम सञ्चालन र जनदबाब सृष्टि गर्ने पनि तय गरेको छ । एमालेले केन्द्रीय सल्लाहकार परिषद्लाई पूर्णता दिँदै विभिन्न केन्द्रीय विभागका सचिव पनि तोकेको छ ।