मोरङ । १ नं. प्रदेश प्रहरी कार्यालय बिराटनगर अनुसन्धान समूह (आरआइटी) बाट खटिएको प्रहरी टोलीले ज्यान मार्ने उद्योग मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
मोरङको सुन्दरहरैचा नगरपालिका–५ का २७ बर्षीय तिखे भनिने सुरज शाक्यलाई खोज तलासको क्रममा आफ्नै गाउँमा लुकिछिपी बसेको अबस्थामा प्रहरीले पक्राउ गरेको हो । मोरङ जिल्ला अदालतको मिति २०७८ मंसिर २५ गतेको फैसलाबाट ५ वर्ष कैद सजाय तोकिई फरार रहेका शाक्यलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका शाक्यलाई कैद भुक्तानका लागि जिल्ला कारागार मोरङमा बुझाएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया