Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
वडाअध्यक्षलाई पोखरीमा फाल्ने डीएसपीमाथि छानबिन सुरुः प्रवक्ता राई « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

वडाअध्यक्षलाई पोखरीमा फाल्ने डीएसपीमाथि छानबिन सुरुः प्रवक्ता राई

चिन्तन खबर

काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ का वडाअध्यक्ष हरिबहादुर क्षेत्रीलाई धकेलेर पौडी पोखरीमा फालेको घटनाको छानबिन सुरु गरिएको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीले क्षेत्रीलाई पोखरीमा फालेको भिडियो सार्वजनिक भएपछि उनीमाथि छानबिन सुरु गरिएको हो।

नेपाल प्रहरीका प्रवक्ता डीआईजी टेकप्रसाद राईका अनुसार डीएसपी केसीमाथि छानबिन गर्न निर्देशन दिइसकिएको छ। रुपन्देहीका एसपी रवीन्द्र रेग्मीलाई उक्त विषयमा के भएको छानबिन गरेर जानकारी गराउन भनिएको राईले बताए। किन धकेलेर पोखरीमा फाले भन्ने विषय छानबिन भइसकेपछि दोषी देखिए कारबाही हुने राईको भनाइ छ।

आइतबार नगरसभा स्थगित गरेको भन्दै नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले बिरोध प्रदर्शन गरेका थिए। सोही क्रममा वडाअध्यक्ष क्षेत्रीलाई धकेल्दै प्रहरीले मणिग्राम पार्टी प्यालेसको पौडी पोखरीमा फालेका थिए। पोखरीमा फालेको विषय राष्ट्रिय सभामा समेत उठेको छ।

गृहमन्त्री बालकृष्ण खाणका भाइ रामकृष्ण खाण नगर प्रमुख भएको ठाउँमा प्रहरीले जनप्रतिनिधिमाथि यस्तो दुर्व्यवहार गरेको भन्दै गृहमन्त्री खाणबाट जवाफ माग गरिएको छ। वडाअध्यक्ष क्षेत्रीलाई पोखरीमा धकेल्ने इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीमाथि कारबाही माग गरिएको छ।

नेकपा एमालेका तर्फबाट राष्ट्रिय सभाका मुख्य सचेतक खिमलाल भट्टराईले संसद्‍मा बोल्दै उक्त माग गरेका हुन्। उनले भने, ‘भाइ मेयर भएको ठाउँमा प्रहरीले ज्यादति गरेको छ। त्यसबारे डिटेल रिपोर्ट पेस गर्नुपर्छ। त्यो डिएसपी कारबाहीमा पर्छ कि पर्दैन ? कार्यक्रम भइरहेको परिसरमा जनप्रतिनिधिलाई घोक्राएर पानीमा चोबल्ने कारबाहीमा पर्छ कि पर्दैन ?’