काठमाडौं । प्रदेश नं. १ को नामाकरणबारे छलफल गर्न सभामुख प्रदीपकुमार भण्डारीले सर्वदलीय बैठक आह्वान गरेका छन्।
नामाकरणका लागि दलहरू आ–आफ्नै अडानमा रहँदा सहमतिका लागि सभामुख भण्डारीले सर्वदलीय बैठक बोलाएका हुन्। उनले साउन ६ गतेका लागि बैठक डाकेको प्रदेशसभाका प्रवक्ता एवम् उपसचिव चन्द्रमणि भण्डारीले जानकारी दिए।
बैठक बिहान ११ बजेको लागि बोलाइएको छ। मुलुकका ७ मध्ये अन्य प्रदेशले नाम र राजधानीको टुङ्गो लगाइसकेका छन्। प्रदेश १ मा भने दलहरूबीच नामाकरणका विषयमा सहमति जुट्न सकेको छैन।
प्रदेशसभाको दशौं तथा बजेट अधिवेशनको २० औं बैठक साउन ८ गते दिउँसो १ बजेका लागि डाकिएको छ। यसअघि असार १९ गते अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरेको थियो।
प्रतिक्रिया