काठमाडौं । प्रमुख प्रतिपक्षि दल नेकपा (एमाले)ले साउन १६ गते उपत्यकामा जनप्रदर्शन गर्ने भएको छ । महङ्गीविरूद्ध एमाले महासचिव शंकर पोखरेलको अध्यक्षतामा आज बसेको बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले पार्टीका स्थायी कमिटीका सदस्य तथा सांसद कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा जनप्रदर्शन तयारी कमिटी वनाएको छ । जनप्रदर्शनमा पार्टीका उपत्यकाका तीनै जिल्ला कमिटी, जनसंगठन परिचालन गरिने जनाइएको छ ।
राजधानीको वसन्तपुरबाट शुरू हुने र्यालीमा उपत्यका विशेष प्रदेश कमिटी, पार्टीका केन्द्रीय विभागहरू, सांसदहरू, उपत्यकामा पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरू, सम्पर्क मञ्चहरू र जनसहभागिता गराउने निर्णय भएको पार्टीका कार्यालय सचिव डा.भीष्म अधिकारीले जानकारी दिनुभयो ।
प्रतिक्रिया