Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
फिरौती माग्ने उद्देश्यले एक वर्षकी नाबालिकाको अपहरण, उद्धार गर्न प्रहरी सफल « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

फिरौती माग्ने उद्देश्यले एक वर्षकी नाबालिकाको अपहरण, उद्धार गर्न प्रहरी सफल

विपुल अधिकारी

विराटनगर । विराटनगरबाट अपहरणमा परेकी एक वर्षकी बालिकाको प्रहरीले बुधबार विहान सकुशल उद्दार गर्‍यो । भारतको दरभंगा पुर्‍याइएकी बालिकालाई खोज्न प्रहरीले उनलाई लैजाने महिला अनु साहको मोवाइलको लोकेसनमार्फत पछ्याएको थियो ।

विराटनगर महानगरपालिका–५ कि २७ वर्षकी अनु साहको मोरङको बुढीगंगा गाउँपालिका–१ का दिपेन यादवसँग दुई महिनाअघि चिनजान भएको थियो । चिनजान भएको छोटो समयमा नै उनीहरुले नियमित कुराकानी गर्न थाले । कुराकानीका क्रममा दिपेनले अनुलाई आफ्नी श्रीमती पढाइको सिलसिलामा काठमाडौंमा रहेको र एक वर्षकी छोरी आफूसँग रहेको जानकारी गराएका थिए । अनुले दिपेनकी छोरी निकिशासँग भेट्ने चाहना गरिन् । उनीहरुबीच २ साउनमा भेट्ने सहमति भयो ।

दिपेन छोरी लिएर कारमा विराटनगरको रोडशेष चोकमा आए । त्यहाँबाट अनु कारमा चढिन् । दिपेनकी छोरीलाई बोकिन्, नयाँ लुगा लगाइदिइन् । उनीहरु चिया खान महेन्द्र मोरङ क्याम्पस जाने बाटोमा रोकिए । गाडीबाट ओर्लिँदा पनि अनुले दिपेनकी छोरी आफैंले बोकिरहिन् । चिया अर्डरपछि अनुले फोन गर्नुछ भन्दै दिपेनको फोन मागिन् । प्रहरीका अनुसार अनु र रवीन्द्रले पूर्व योजना अनुसार नाबालिकालाई दुहबी, इनरुवा र सप्तरी हुँदै भारतको कुनौली नाकाबाट गाडी रिजर्ब गरेर दरभंगा पठाएका थिए ।

दरभंगामा अनुसँग चिनजान भएका विकास साहको घर छ । साहकै घरबाट प्रहरीले बालिकालाई उद्दार गर्दै अनुलाई पक्राउ गरेको हो । काखमा निकिशालाई बोकेकी उनी फोन लिएर पसलबाट बाहिर निस्किइन् । बाहिर प्रदेश ०१–०२०४६ प ७४१० नम्बरको मोटरसाइकलमा विराटनगर– ६ रामपुरका २७ वर्षीय रवीन्द्रकुमार साह पर्खिरहेका थिए । फोनमा बोलेजस्तो गर्दै अनु मोटरसाइकलमा चढेर भागिन् ।

सोमबार विहान साढे ९ बजेको घटनापछि दिपेन छोरी लिएर अनु आउने आशमा बसे । नआएपछि उनले सोेमबार बिहान ११ बजे प्रहरीलाई खबर गरे । खबर पाएपछि खोजी सुरु गरेको प्रहरीले बुधबार बिहान भारतको दरभंगाबाट बालिकको उद्दार गरेको हो ।

अपहरणमा संलग्न भएको आरोपमा प्रहरीले विराटनगर– ६ रामपुर चोक बस्ने वर्ष २७ को रवीन्द्रकुमार साह र विराटनगर– ५ कारखाना टोल बस्ने अनुलाई पक्राउ गरेको छ ।

‘आमा काठमाडौंमा बस्ने गरेकाले सानी छोरी जसले बोक्दा मान्दिरहिछन्’, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले भने, ‘पूर्व योजना अनुसार नै निकिशालाई बोकेर भागेको पाइयो ।’ अपहरणकारीले बालिकाका आफन्तलाई हल्ला नगर्न धम्की पनि दिएका थिए । प्रहरी उपरीक्षक कोइरालाका अनुसार अपहरणको योजना रवीन्द्रले बनाएका थिए । रवीन्द्रकै योजना अनुसार अनु दिपेनसँग नजिकिएकी थिइन् ।

‘रवीन्द्रले बुढीगंगामा श्रीराम ट्रेडर्स सञ्चालन गर्छन्, पसल सञ्चालनका क्रममा दिपेनसँग चिनजान भएको देखिन्छ’ प्रहरी उपरीक्षक कोइरालाले भने, ‘रवीन्द्रकै योजनामा अनु दिपेनसँग नजिकिएकी थिइन्, योजनावद्ध रुपमा छोरीलाई लिएर भागे पनि ।’

प्रहरीका अनुसार अनु र रवीन्द्रले पूर्व योजना अनुसार नाबालिकालाई दुहबी, इनरुवा र सप्तरी हुँदै भारतको कुनौली नाकाबाट गाडी रिजर्ब गरेर दरभंगा पठाएका थिए । दरभंगामा अनुसँग चिनजान भएका विकास साहको घर छ । साहकै घरबाट प्रहरीले बालिकालाई उद्दार गर्दै अनुलाई पक्राउ गरेको हो ।

अनु र बालिकालाई भारत पठाएर विराटनगर फर्किएका रवीन्द्रलाई प्रहरीले मंगलबार नै पक्राउ गरेको थियो । उनकै बयानका आधारमा प्रहरीले दरभंगाबाट बालिकाको उद्दार गरेको हो । प्रहरी स्रोतका अनुसार बालिकालाई भारतको दरभंगा पठाएपछि रवीन्द्र अनुको मोबाइल लिएर आएका थिए ।

अनुको मोबाइल र फेसबुकबाट उनले दिपेनका बाबुलाई ‘भोलि फोन आउँछ, अहिले शान्त भएर बस्नू’ भनी धम्कीपूर्ण भाषा प्रयोग गरेर म्यासेज पठाएको प्रहरीले बताएको छ । दिपेनको बाबुलाई पठाएको म्यासेज खोज्ने क्रममा प्रहरी रवीन्द्रसम्म पुगेको थियो । रवीन्द्रलाई पक्राउ गरेपछि भारतीय प्रहरीको सहयोगमा बालिकाको उद्दार गरेको प्रहरी उपरीक्षक कोइरालाले बताए ।

‘कुनौली नाकाबाट गाडी रिजर्ब गरेर दरभंगास्थित विकास साहको घरमा लगेर राखिएको रहेछ,’ प्रहरी उपरीक्षक कोइरालाले भने, ‘साहको आफन्त नेपालमा छन्, अनु दुई वर्षअघि त्यहाँ पुगेर एक हप्ता बसेकी रहिछन् ।’

प्रहरी उपरीक्षक कोइरालाका अनुसार अपहरणकारीले १५ लाख रुपैयाँसम्म फिरौती माग्ने योजना बनाएका थिए । तर घटना सुरुमा नै बाहिरिएपछि उनीहरु दुई दिनमा नै पक्राउ परे । ‘आर्थिक लाभ लिनका लागि नजिकिएर बालिकाको अपहरण गरेको देखिन्छ’, कोइरालाले भने, ‘फिरौती माग्न भने पाएनन् ।’