काठमाडौं । शुक्रबार विहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री बालकृष्ण खाँणबीच भेटवार्ता भएको छ । आज विहान खुमलटारमा उहाँहरुबीच भेटवार्त भएको हो । उहाँहरुबीच समसामयिक विषयवस्तुबारे छलफल भएको बुझिएको छ ।
नागरिकता विधेयक, संघ र प्रदेश निर्वाचनको मिति घोषणालगायत विषयमा कुराकानी भएको बुझिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनको मिति घोषणा गर्न विभिन्न दलका प्रमुख र कांग्रेसकै नेताहरूसँग परामर्श गरिरहेका गरिरहनुभएको छ ।
प्रतिक्रिया