पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कर्मचारी सरुवामा लाखौंको चलखेल, छानबिन थाल्दै अख्तियार

चिन्तन खबर

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठको रूचिअनुसार मन्त्रीको सचिवालयका कर्मचाारीले सरुवामा मोलमोलाई गर्दै आर्थिक संकलन थालेको आधार भेटिन थालेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्ने भएको छ । सामान्यमा कर्मचारी सरुवा गर्दा कतिपयको सूची बाहिर होटलमा नै बन्ने गरेको र पैसा लेनदेन भएको भन्दै कर्मचारीले नै गुनासो पोख्दै आएका छन् ।

आयोग स्रोतका अनुसार आयोगले छानबिनका क्रममा सामान्य प्रशासन मन्त्रालयले पछिल्लो समयमा गरेको सरुवाको विवरण मागेर अनुसन्धान थाल्ने भएको छ । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।