पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव मंसिर ४ मा गर्ने सत्तागठबन्धनमा समझदारी

चिन्तन खबर

काठमाडौं । निर्वाचनको मितिबारे लामो अन्यौलका वीच सत्तारुढ गठबन्धनले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन गर्ने समझदारी गरेको छ ।

सत्तारुढ गठबन्धनको बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले आगामी मन्त्रिपरिषद बैठकबाट मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन तोक्ने विषयमा समझदारी भएको स्रोतले जनाएको छ । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका विभिन्न मितिमा छलफल भएको तर, मंसिर ४ गते गर्ने दलहरूबीच समझदारी बनेको वुझिएको छ ।

“प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन कहिले गर्ने भन्ने विषयमा छलफल भएर मंसिर ४ गते नै निर्वाचन गर्ने भन्ने विषयमा समझदारी बनेको छ”, गठबन्धनका एक नेताले भने, “अब बस्ने मन्त्रिपरिषद्को बैठकले निर्वाचनको मिति घोषणा गर्ने पनि समझदारी बनेको छ ।”

निर्वाचन आयोगले सिफारिस गरेको मितिअनुसार नै मन्त्रिपरिषबाट निर्णय गर्न लागिएको ती नेताको भनाइ छ । सम्भवतः बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठकले निर्वाचन मिति घोषणा गर्ने बताइएको छ । यसअघि निर्वाचन आयोगले मंसिर ४ गते निर्वाचनको मिति तय गर्न सरकारलाई सिफारिस गरिसकेको छ ।