काठमाडौं । आज प्रतिनिधिसभाको बैठक बस्दै छ । आज ११ बजे बस्ने बैठकमा प्रधानन्यायाधीस चोलेन्द्र शमशेर राणाविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल हुने भएको छ ।
पाँच महिनाअघि गत फागुनमा सत्तारुढ दलका सांसदहरुले प्रधानन्यायाधीश राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेका थिए । प्रधानन्यायाधीश राणविरुद्ध सत्तारु ( नेपाली कांग्रेस, नेकपा माओवादी र एकीकृत समाजवादीका ) सांसदले फागुन १ गते संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरेका थिए ।
अविश्वासको प्रस्ताव दर्ता भए पनि त्यसमाथि कारबाही हुन नसक्दा यसको आलोचना भइरहेको थियो ।
प्रतिक्रिया