पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

इलाममा एक वर्षमा २९ हजार बढी पर्यटक, अधिकांश कन्याम र अन्तुबाटै फर्किन्छन


इलाम । पर्यटकीय जिल्लाको रुपमा रहेको इलाममा एक आर्थिक वर्षमा एकलाख २९ हजार पाँचसय ८१ पर्यटक भित्रिएका छन । इलाम र झापाको सिमाना जोरकलसमा रहेको पर्यटक सुचना केन्द्रको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८/०७९ एकलाख २९ हजार पाँचसय ८१ पर्यटक इलाम आएका हुन । इलाम आउने पर्यटक मध्ये सबैभन्दा बढी कन्याम र श्री अन्तु आएको तथ्याङ्कमा उल्लेख छ । कन्याममा ५६ हजार ८० पर्यटक आएका छन भने श्री अन्तुमा १८ हजार छ सय ५७ आएका हुन । त्यस्तै इलाममा १७ हजार ४ सय ६६,पशुपतिनगरमा १० हजार ८४, कुटिडाँडा १० हजार एक सय ७८ र फिक्कलमा आठ हजार दुईसय पर्यटक आएका हुन ।

त्यस्तै गरी ताप्लेजुङ जाने पर्यटक आठ हजार नौ सय १६ जना रहेको तथ्याङ्क छ । इलाम आउने पर्यटक मध्ये ६४ हजार ४ सय ७१ म्हिला र ६५ हजार एकसय १० गरी एक लाख २६ हजार २५ जना आन्तरिक पर्यटक रहेका छन भने तीनहजार पाँचसय ५६ वाहिय पर्यटक रहेका छन । वाहिय पर्यटकमा सवै भारतीय पर्यटक रहेका हुन । जसमा एकहजार पाँचसय ३७ महिला र दुईहजार १९ पुरुष रहेको तथ्याङ्कले देखाउँछ ।

तथ्याङ्क अनुसार आ।व २०७८/०७९ को साउन र भदौ महिनामा पर्यटक नआएको पाईएको छ भने असोज महिनामा दुईहजार नौसय ७८ महिला र तीन हजार ५० पुरुष गरी छ हजार २८ जना आन्तरिक पर्यटक आएका छन । जसमा ९ सय २७ इलाममा, एकहजार आठसय ४५ कन्याममा,पाँचसय २८ फिक्कलमा, ५ सय ३१ पशुपतिनगरमा, एक हजार एकसय १४ श्री अन्तु र एकहजार ३८ ताप्लेजुङ गएका छन ।

पर्यटक आउने सिजन शुरु भएसँगै कात्तिक महिनामा १९ हजार आठसय १३ जना पर्यटक इलाम आएका छन । जसमा ९ हजार ७ सय ९५ महिला र १० हजार १८ जना सबै आन्तरिक पर्यटक रहेका छन । असोजमहिनामा आएका पर्यटक इलाममा दुई हजार ८२, कन्याममा आठहजार दुईसय ९५, फिक्कल ७ सय ३४, पशुपतिनगर एकहजार एकसय ४३, अन्तु ३ हजार नौसय ८६, कुटिडाँडा एक हजार तीनसय ७८ र ताप्लेजुङ २ हजार एकसय ९५ जना पर्यटक रहेका छन ।

गत आवको मंसिर महिनामा २८ हजार ७ सय ५७ पर्यटक आएकोमा १४ हजार दुईसय ९८ महिला र १४ हजार चारसय ५९जना सबै आन्तरिक पर्यटक रहेका छन । जसमा इलाम चार हजार एकसय ४८, कन्याम १३ हजार ६ सय ४, फिक्कल एकहजार दुईसय ६७, पशुपतिनगर दुई हजार दुईसय ९०, अन्तु ३ हजार ४ सय ९४, कुटिडाँडा दुईहजार ६ सय ४० र ताप्लेजुङ एक हजार तीनसय १४ जना पर्यटक आएका छन ।

त्यस्तै पुष महिनामा १६ हजार एक सय २५ महिला र १६ हजार ६ सय ४९ जना महिला गरी आन्तरिक ३० हजार दुईसय ३४ र वाहिय दुई हजार ५ सय ४० जना पर्यटक आएका छन । पुष्मा आउने पर्यटक इलाम २ हजार ५ सय ६२, कन्याम १८ हजार ६ सय ३२, फिक्कल एक हजार दुईसय ४७, पशुपतिनगर २ हजार एक सय ६०, अन्तु ५ हजार दुईसय ३८, कुटिडाँडा दुईहजार ९ सय १२ र ताप्लेजुङ ३२ जना पर्यटक गएका छन ।

त्यस्तै माघ महिनामा एक हजार ९ सय ११ महिला र एक हजार ८ सय ९४ जना पुरुष गरि तीन हजार ८ सय ५ जना गरी ३ हजार आठसय ५ जना सबै आन्तरिक पर्यटक आएका छन । जसमा इलाममा ५८८, कन्याम १५०७, फिक्कल १०५, पशुपतिनगर १५८, अन्तु ९४४, कुटिडाँडा ५०४ जना पर्यटक आएका छन । त्यस्तै फागुन महिनामा महिला तीन हजार ७ सय ४६ र पुरुष तीन हजार ७ सय ४० आएकोमा २९ जना भारतीय पर्यटक आएका छन । जसमा इलाम १२१५, कन्याम २७२४, फिक्कल ९५७, पशुपतिनगर ९४२, अन्तु ९४४, कुटिडाँडा २१७ र ताप्लेजुङ ४६९ जना रहेका छन ।

गत आवको चैत्र महिनामा सात हजार ६८ जना महिला र सात हजार एकसय ३६ जना पुरुष गरी १४ हजार दुईसय ८ जना आन्तरिक पर्यटक आएका छन । जसमा इलाममा २६३६, कन्याम ३७०९, फिक्कल १६९३, अन्तु १३२०, पशुपतिनगर १६९३, कुटिडाँडा ११३५ र ताप्लेजुङ जाने २०१८ जना पर्यटक रहेका छन । त्यस्तै बैशाख महिनामा महिला चार हजार ७७ र पुरुष तीनहजार आठसय ७९ गरी ७ हजार दुईसय ९३ जना पर्यटक मध्ये ६ सय ३३ जना भारतीय पर्यटक रहेका छन । जसमा इलाम १०४९, कन्याम ३११३, फिक्कल ८७५, पशुपतिनगर दुईसय १२, अन्तु ७८४, कुटिडाँडा ६८६ र ताप्लेजुङ १२३७ जना पर्यटक गएका छन ।

जेठ महिना इलाम आएका पर्यटकमा महिला तीनहजार ६ सय १५ जना र पुरुष तीन हजार चार सय ३४ जना गरी ६ हजार ७ सय ५० आन्तरिक र दुईसय ९९ वाहिय पर्यटक आएका छन । जसमा इलाम १७५७, कन्याम १९८६, फिक्कल ६८०, पशुपतिनगर ७२८, अन्तु ७७०, कुटिडाँडा ६८२ र ताप्लेजुङ ४४६ जना पर्यटक गएका हुन भने असार महिना महिला ८५८ र पुरुष ८५१ जना गरी १६८४ आन्तरिक र २५ जना वाहिय पर्यटक भित्रिएका छन । जसमा इलाम ४५७, कन्याम ६७४, फिक्कल ९६, पशुपतिनगर २२७, अन्तु ६३, कुटिडाँडा २५ र ताप्लेजुङ १६७ जना पर्यटक भित्रिएको तथ्याङ्कले देखाएको छ ।

पर्यटन सुचना केन्द्रका सुचना अधिकरी गगन घिमिरेका अनुसार जिल्ला भित्रने अधिकांश पर्यटक कन्याम र अन्तुबाटै फर्कने गरेको बताउनुभएको छ ।  साविक मेचिकै प्रवेशद्वारमा रहेको पर्यटकीय सुचना केन्द्रले घुम्नका लागि आएका सवारी साधनको मात्र तथ्याङ्क राखेको र निजि सवारी साधनमा आउने हरुको तथ्याङ्क अझैपनि संकलन गर्नसकेको छैन । केन्द्रलाई व्यवस्थित बनाउन नसक्दा सवै तथ्याङ्क राख्न नसकेको घिमिरे बताउँनुहुन्छ ।

रोङ गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्वो सुवासले जिल्लाको मुख्य पर्यटकीय प्रवेशद्वारलाई प्रविधि अनुसार व्यवस्थित गरेर सवै यात्रुको सुचना संकलन गर्नुपर्ने बताउनुभयो ।  उहाँले रोङ गाउँपालिकामा रहेको केन्द्र भएपनि साविकको मेचिकै प्रवेशद्वार रहेको हुँदा सुचना केन्द्रलाई सवै मिलेर व्यवस्थित गर्ने हो भने सवै तथ्याङ्क एकै ठाउँबाट पाउन सकिने बताउनुभयो।  उहाँले जिल्लाका सवै पर्यटकीय ठाउँको प्रचार हुन नसक्दा कन्याम र अन्तुबाटै पर्यटक फर्किने गरेको बताउनुभयो ।