तेह्रथुम । अरिँगालको टोकाईबाट तेह्रथुममा एक जनाको मृत्यु भएको छ । तेह्रथुमको आठराई गाउँपालिका–६ चुहानडाँडाका २८ वर्षिय युवक मिलन कन्दङ्वाको मृत्यु भएको हो ।
मंगलबार राति चुहानडाँडाको हिलेमा आफ्ना साथिहरुसंग अरिँगाल पोल्न गएका कन्दङ्वालाई अरिँगालले टोकेको थियो । टोकाईबाट गम्भीर भएका कन्दङ्वालाई उपचारको लागि झापाको विर्तासिटी अस्पतालमा लगिएको थियो।
उपचारको क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय सक्रान्तिबजारका प्रहरी निरीक्षक योगराज सुवेदीले जानकारी दिनुभयो ।
प्रतिक्रिया