पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘अध्ययन विना वदनाम गर्ने शैलिमा केही व्यक्तिहरु सहकारीविरुद्ध लागेका छन्’ (अन्तर्वार्ता)

चिन्तन खबर

अहिले देशभरि नै सहकारी प्रति मानिसहरुमा गलत भ्रम पैदा भएको छ । सहकारीका कारण कतिपयको रुवावासी समेत भएको छ । कति सहकारीहरु पैसा संकलन गरेर भागेका वा बन्द भएका समाचारहरु पनि आएका छन् । सहकारीका चुनौतिहरु कस्ता छन् ? अनि कस्ता सहकारीमा लगानि गर्दा ढुक्क भइन्छ भन्ने विषयमामा हामिले हाम्रो सगरमाथा बहुउद्देश्यी सहकारी लिमिटेडका कोटेश्वर सेवा केन्द्रका प्रमुख सुजन खनालसँग छोटो कुराकानी गरेका छौं । प्रस्तुत छ खनालसँगको कुराकानीः

सहकारीका चुनौतिहरु के हुन् ? तरलताको समस्या कतिको छ ?

विद्यमान समयमा धेरै नाम चलेका सहकारीहरु भागेको अवस्था छ । यसले हाम्रो सहकारीलाई पनि तुलनात्मकरुपमा असर चै पारेको छ ।  कतिपयहरुले हाम्रो संस्थालाई पनि शंकागर्न सक्छन् तर हाम्रो संस्था कमजोर छैन् ।  यहाँ तरलताको समस्या देखिएको छैन ।

तपाईहरुको सहकारी सात वटै प्रदेशमा शाखा रहेका छन् ? कतिको सन्तुलनमा राख्नु भएको छ ?

हो सातवटै प्रदेशमा हाम्रो संस्थाको शाखाहरु छन् ।  सात वटै प्रदेशमा भएका शाखाका कारण पनि हामिलाई उर्जा मिलेको छ । सात वटै प्रदेशमा रहेका जुनसुकै शाखामा जुनसुकै सदस्यहरुले कारोवार गर्न सक्नुहुन्छ । उदाहरणका लागि सुर्खेतका सदस्यले काठमाडौंमा र काठमाडौंका सदस्यहरुले झापामा कारोबार गर्न सक्नुहुन्छ । यस्तो सुविधा अरु सहकारीले दिन सकेका छैनन् । तर, चुनौति पनि छ । सात वटै प्रदेशमा साधारण सभा गर्नुपर्ने बाध्यता छ ।

तपाई कोटेश्वर सेवा केन्द्रको प्रमुख हुनुहुन्छ । यहाँ कस्ता समस्याहरु छन् ?

हाम्रो शाखामा अहिलेसम्म कुनै अफ्ठ्याराहरु आइपरेका छैनन् । भुत्तानीको विषयमा केही सेवाग्रहीहरुले समस्या उत्पन्न गराउनु खोजेका छन् । सहकारी प्रति छरीएको गलत भ्रमका कारण सेवाग्राहीहरुमा त्यस्तो समस्या आउनु पनि स्वभाविक हो । कुन संस्था कस्तो हो भनेर अध्ययन विना वदनाम गर्ने शैलिमा केही व्यक्तिहरु लागेका छन् । त्यस्ता समस्या उत्पन्न गराउन खोज्ने सेवाग्रहीलाई उचित भुत्तान गरिएको छ । सहकारीको विधि र विधान भित्र रहेर हामिले रकम(वचत) फिर्ता गरेको उदाहरण पनि छन् ।

तपाईको सहकारी कतिको विश्वसनिय छ भनेर कसरी सेवाग्राहीलाई विश्वास दिलाउनुहुन्छ ?

हो यो प्रश्न सान्दर्भिक छ ।  पहिलो कुरो त हाम्रो सहकारीको अध्यक्ष केवी उप्रेती हुनुहुन्छ उहाँ राष्ट्रिय सहकारी बैंकको अध्यक्ष पनि हुनुहुन्छ । उहाँ जतिको सहकारी अभियान्ता  नेपालमै सायद हनुहुन्न । उहाँ हाम्रो सहरकारीको ठुलो आधार हुनुहुन्छ । समाजिक सञ्जालमा छरिएका अध्यक्ष, उपाध्यक्षहरु श्रीमान् श्रीमती भएर चलाएको संस्था जस्तो हाम्रो सगरमाथा बहुउद्देश्यी सहकारी होइन् । हाम्रो सदस्यहरुलाई यो सुनिश्चितता दिन चाहन्छुकी उहाँहरुको बचत सुरक्षित रहन्छ ।

अन्त्यमा, साझा सहकारीको इतिहास विगतमा राम्रो थिएन भनिन्छ ? तपाईहरुको संस्था कतिको दिर्घकालिन हुन्छ ?

हो, साझा सहकारी कृषी विकास बैंकले सञ्चालन गर्दा असफल भएको जग जाहेरै छ । तर, हालको संस्थाको कुरा गर्ने हो भने शुशासन मा रहेर प्रकृयागत हिसावले काम कार्वाही गरिरहेको संस्था हो हाम्रो ।  थप के भन्न चाहन्छु भने एक बहुउद्देश्यीय संस्थामा आफ्ना उदेश्य र नीति कार्यक्रम हुन्छन् । तसर्थः म यो सुनिश्चित गर्छु की हाम्रो संस्थामा आवद्द भएका सम्पूर्ण सेयर सदस्य निर्धक्क भए हुन्छ । वचत सुरक्षित रहन्छ भन्ने आश्वासन दिन चाहान्छु । गलत भ्रमको पछि नलाग्न पनि अनुरोध गर्छु ।