पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिका–५ का एक युवाको पहिचान नखुलेको जीवको टोकाइबाट मृत्यु भएको छ ।
संखुवासभाको भोटखोला गाउँपालिका–४ मा रहेको अपर अरुण जलविद्युत आयोजनामा ज्यालादारीको रुपमा काम गर्दै आएका कुम्मायक गाउँपालिका वडा नं. ५ भुल्के घर भएका ४२ वर्षीय हरिचन्द्र निरौलालाई अज्ञात जीवले टोकेको थियो । नाम नखुलेको जीवको टोकाइका कारण पाँच दिनदेखि विरामी परेका उनको आज बिहान उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
निरौला पहिचान नखुलेको जीवको टोकाइबाट बिरामी परेका थिए । भौगोलिक बिकटताको कारणले समयमै उपचार हुन नसक्दा उनको मृत्य भएको हो । निरौलाका श्रीमती एक छोरा र एक छोरी छन् ।
प्रतिक्रिया