काठमाडौं । नेपाली कांग्रेसले पार्टीका केन्द्रीयसदस्य तथा सांसद प्रदीप गिरीको निधनप्रति दुःख व्यक्त गरेको छ । आइतबार विज्ञप्ती जारी गर्दै शनिबार राति ललितपुरको मेडिसिटी अस्पतालमा उपचारको क्रममा भएको निधनप्रति दुख व्यक्त गरेको हो ।
स्वर्गीय नेता गिरीको अन्तिम श्रद्धाञ्जलीका लागि पार्थिव शरीर आज बिहान ९ बजे देखि ११ बजेसम्म नेपाल मेडिसिटी अस्पताल, ललितपुरको शिवालय मन्दिर तथा साढे ११ बजे देखि दिउँसो २ बजेसम्म नेपाली कांग्रेस केन्द्रीय कार्यालय, वी.पी. स्मृति भवन सानेपामा राखिने छ ।
त्यसपछि आजै पशुपति आर्यघाटमा अन्तिम श्रद्धान्जली दिइने जानकारी गराइएको छ ।
प्रतिक्रिया