पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मौसमः यी चार प्रदेशमा मेघगर्जन/चट्याङ्गसहित वर्षाको सम्भावना

चिन्तन खबर

काठमाडौं । मौसम पुर्वानुमान शाखाका ले प्रदेश १, बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश बर्षा हुने अनुमान गरेको छ ।

प्रदेश १, बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरुमा मेघ गर्जन तथा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको शाखाले जनाएको छ ।

साँझमा भने उल्लेखित प्रदेशका पहाडी भू– भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदली देखि सामान्यता सफा रहने मौसम पुर्वानुमान शाखाले जनाएको छ ।

उता, रातमा भने प्रदेश १ र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक–दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोमौसम पुर्वानुमान शाखाले जनाएको छ ।