Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
यस्तो पनि ! किस गरेर पुरुषको हत्या « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

यस्तो पनि ! किस गरेर पुरुषको हत्या

चिन्तन खबर

काठमाडौं । तपाइले यस्तो समाचार सायदै सुन्नु पढ्नु भएको छैन होला । तर यो वास्तविक समाचार हो । यो घटना अमेरिकाको हो । टेनेसीको एउटा जेलमा जोसुवा ब्राउन नामका कैदीले सजाय भोगिरहेका थिए । रेचलल भेट्न एक जना महिला आइन् । भेटका क्रममा महिलाले कैदीलाई चुम्बन गरिन् । त्यसको केही समयपछि कैदीको मृत्यु भयो । मृत्यु पछि महिलालाई कैदीको हत्याको आरोप लगाइएको थियो र पक्राउ गरिएको थियो।

घटना यस्तो थियो

रेचलले ब्राउनलाई भेट्दा उनको मुखमा मेथाम्फेटामिन ड्रग्स थियो। ती दुबैले किस गरे । यस क्रममा रेचलले आफ्नो मुखबाट ड्रग ब्राउनको मुखमा हालिन् । त्यसपछि ब्राउनले एकैचोटि सम्पूर्ण औषधि निले।

औषधिको वजन लगभग १४ ग्राम थियो। ड्रग्सको ओभरडोजका कारण ब्राउनको मृत्यु भयो। ब्राउनको मृत्युपछि, टेनेसी डिपार्टमेन्ट अफ करेक्शन (टीडीओसी) का एजेन्टहरूले रेचल डोलार्डलाई हिरासतमा लिएका छन्।

उक्त मुद्दामा उनलाई पक्राउ गरी जेल चलान गरिएको छ । रेचलललाई टेनेसी डिपार्टमेन्ट अफ करेक्शनले हिकम्यान काउन्टी जेलमा राखेको छ। जोसुन ब्राउनलाई ड्रग्स सम्बन्धी मुद्दामा दोषी पाइएपछि ११ वर्षको जेल सजाय सुनाइएको थियो । उनको सजाय सन् २०२९ मा समाप्त हुने थियो ।

अधिकारीहरूले आरोप लगाएका छन् कि फेब्रुअरीमा, रेचलले भेटको बहानामा ब्राउनलाई ड्रग्स दिइन् । सोधपुछका क्रममा रेचलले पनि यो कुरा स्वीकार गरिन् । यो घटनापछि टेनेसी डिपार्टमेन्ट अफ करेक्शन (टीडीओसी) ले एक विज्ञप्ति जारी गर्दै भन्यो– अबदेखि हाम्रो जेलमा कानून व्यवस्थालाई थप कडा बनाइनेछ । कैदीबन्दीसँग भेटघाट गर्ने र बाहिरी सामान ल्याएमा यस्तो दुर्घटना दोहोरिन नपरोस् भनेर कडा अनुसन्धान गरिने छ । एजेन्सीको सहयोगमा