पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सूर्योदयका विद्यार्थीलाई पोशाक वितरण

चिन्तन खबर

फिदिम । फिदिम नगरपालिका–२ स्थित सूर्योदय आधारभूत विद्यालयका विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको छ ।

आज विद्यालयमा आयोजित पोशाक वितरण तथा सम्मान कार्यक्रममा उक्त विद्यालयमा अध्ययनरत ४२ जना विद्यार्थीहरुलाई तयारी पोशाक र जुत्ता वितरण गरिएको हो । उक्त विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको पोशाकका लागि फिदिमका ब्यवसायी चन्द्रप्रकाश काफ्लेले रु. ३० हजार मूल्यको कपडा उपलब्ध गराउनुभएको थियो । पोशाक सिलाईका काम अन्य सहयोगी र विद्यालयले रु. २५ हजारको लागतमा गरेका थिए ।

पोशाक सिलाईका लागि फिदिम नगरपालिका–२ का रामचन्द्र नेपालले रु. १० हजार, फिदिम नगरपालिका–१ का धनेश्वर गजुरेल र हिमा गजुरेलले रु. ५ हजार, साविक चोकमागू घर भई हाल इटहरी बस्ने तुलाराम तामाङ र मुनु तामाङले रु. ५ हजार र विद्यालयले रु. ५ हजार रकम उपलब्ध गराएका थिए । यस्तै फिदिम नगरपालिका–२ का वडाध्यक्ष दीननाथ अधिकारीले रु. ८ हजारको लागतमा सबै विद्यार्थीलाई विद्यालय जाँदा लगाउने जुत्ता उपलब्ध गराउनुभएको थियो ।

फिदिम–२ का वडाध्यक्ष अधिकारीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा सहयोगी दाताहरुले विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मनोजकुमार लावतीलाई पोशाक हस्तान्तरण गरेका थिए । कार्यक्रममा फिदिम–२ का वडा सदस्य नवीन ओझा सहित विद्यालयका अभिभावकहरु, सहयोगीहरु लगायतको उपस्थिति थियो ।

सबै विद्यार्थीका लागि पोशाक र जुत्ता उपलब्ध गराएपछि विद्यालयले वडाध्यक्ष अधिकारी सहित चारै जना दाताहरुलाई सम्मानपत्रद्वारा सम्मान समेत गरेको छ । विब्यस अध्यक्ष लावतीको अध्यक्षतामा आयोजित कार्यक्रम प्रधानाध्यापक धनमाया रानाले सञ्चालन गर्नुभएको थियो ।