पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

श्रीलंकामा आर्थिक संकटका कारण बालबालिका भोकमरीको चपेटामा

चिन्तन खबर

काठमाडौं । श्रीलंकामा आर्थिक संकटका कारण बालबालिकाहरु भोकमरीको चपेटामा परेको छन् । राष्ट्रसंघले चेतवानी दिदै दक्षिण एसियाका अन्य देशहरुले पनि यस्तै नियति भोग्नुपर्ने बताएको छ ।

विदेशी सञ्चित मुद्राको अभावका कारण खाद्यान्न, इन्धन र अन्य अत्यावश्यक सामग्रीको अभाव छ । अत्यावश्यक वस्तुको आपूर्ति हुन सकेको छैन ।

नियमित खाना छाड्ने परिवारहरूले संकटलाई तीव्र रूपमा महसुस गरिरहेका संयुक्त राष्ट्रसंघीय बाल निकाय युनिसेफका दक्षिण एशिया निर्देशक जर्ज लारिया–एडजेईले जानकारी दिनुभयो ।

‘बालबालिका भोकभोकै बेडमा गएका छन्, उनीहरूको बाँकी खाना कहाँबाट आउँछ भन्नेमा अनिश्चित छन् । श्रीलंकाले अप्रिलमा आफ्नो ५१ अर्ब डलरको विदेशी ऋण चुक्ता गरेको छ रो र हाल अन्तर्राष्ट्रिय मुद्रा कोषसँग वार्तामा छ ।