मोरङ । मोरङको बिराटनगर महानगरपालिका–१४ बाट प्रतिबन्धित लागूऔषध सहित छ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले रामधुनी नगरपालिका–८ घर भई बिराटनगर–१४ मुण्डा पोखरीमा डेरा गरी बसेकी २७ बर्षीया सरस्वती गुरुङको कोठा खानतलासी गर्ने क्रममा १४ ग्राम ६१ मिलिग्राम ब्राउनसुगर, डिजिटल तराजु बरामद गरेको हो ।
लागूऔषध सहित सिन्धुपाल्चोक चौताराका २६ बर्षीय बिकाश थापा, बिरानगर–१५ का २४ बर्षीय बरुण साह, बिराटनगर–३ का ३० बर्षीय आशिस हमाल, बिराटनगर–१३ का ३० बर्षीय सुलभ रिजाल र धरान–२० का २३ बर्षीय रोशन लिम्बू समेत छ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि मोरङ जिल्ला अदालतबाट लागूऔषध कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
प्रतिक्रिया