काठमाडौं । नेकपा (एमाले) ले वर्तमान गठबन्धन सरकारले आफू खुसी जथाभाबी गरेको दावी गरेको छ ।
बुधवार बसेको प्रतिनिधिसभा बैठकमा एमाले प्रमुख सचेतक विशाल भट्टराईले ४ मंसिरमा हुने निर्वाचनलाई प्रभावित गर्नेगरी सरकारले काम गरेको आरोप लगाउनुभएको हो ।
निर्वाचनलाई प्रभावित गर्नेगरी कर्मचारी सरुवा गरेको, विधेयक ल्याएको, विवेकको प्रयोग नगरी बहुमतको बलमा पारित गरेकोले गठबन्धन सरकारलाई तत्काल भइसकेका सरुवा बदर गर्न र नयाँ सरुवा, नियुक्ति नगर्न चेतावनी दिनुभयो ।
प्रतिक्रिया