फिदिम । किरात याक्थुङ चुम्लुङको बिषयगत संस्था लिम्बु साँस्कृतिक परिषद पाँचथरको चौथो जिल्ला अधिबेशन विहीबार फिदिममा सम्पन्न भएको छ ।
अधिबेशनले सुबास केरुङ ‘नुनाम’ को अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा लिलाप्रकाश जबेगु, सचिवमा इक्सा लोवा, सहसचिवमा दिनेश केरुङ र कोषाध्यक्षमा बिन्दु आङ्बो रहेका छन् ।
यस्तै सदस्यहरुमा निसाम तुम्बापो, राहुल जबेगु, अजित योङ्या, शंकर आत्मा, अमृता जबेगु, सुरेन्द्र केरुङ, रश्मि माबो आङ्देम्बे, सम्झना योङ्हाङ, तारा लिङ्देन, बिबेक हाङ्सरुम्बा, सौगात आङ्देम्बे, भुपेन योङहाङ रहेका छन ।
किरात याक्थुङ चुम्लुङका राष्ट्रिय सदस्य तथा लिम्बु साँस्कृतिक परिषदका उपाध्यक्ष सागर केरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा लिम्बु साँस्कृतिक परिषदका केन्द्रीय सचिव बुद्धराज इङ्वा, चुम्लुङका लिम्बुवान प्रदेश समिति सदस्य इन्दिरा मेयोङ्बा, जिल्ला अध्यक्ष महेन्द्र आङ्देम्बे, वरिष्ठ उपाध्यक्ष सुरेन्द्र केरुङ, सचिव सुबास तुम्बापो, नौलो साहित्यिक विहान समाजका महासचिव प्रेम ओझा लगायतले शुभकामना कामना मन्तव्य राखेका थिए ।
प्रतिक्रिया