पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पहिरोमा ज्यान गुमाएका रुपलालको परिवारलाई युनियन लाइफद्वारा रु. १४ लाख मृत्यु दाबी भुक्तान

चिन्तन खबर

फिदिम । पहिरोमा परी ज्यान गुमाएका पाँचथरको फालेलुङ गाउँपालिका–७ विहीदिनका रुपलाल मगरको परिवारलाई युनियन लाइफ इन्स्योरेन्स कम्पनीले रु. १४ लाख मृत्यु दाबी भुक्तान गरेको छ ।

गत असार १७ गते राती अविरल वर्षासँगै पहिरोले घर बगाउँदा मृत्यु भएका रुपलाल र उनकी श्रीमतीको गरेको बीमा वापतको रु. १४ लाख ३५ हजार ८८७ मृत्यु दाबी भुक्तानी गरिएको युनियन लाइफ इन्स्योरेन्स फिदिम शाखाका प्रमुख घनेन्द्र रिजालले जानकारी दिनुभयो ।

जीवन बीमा गरेका मगरले एक किस्ताको रु. १२२६८ र उनकी श्रीमतीले तीन किस्ताको रु. ६१ हजार ११३ तिर्नुभएको थियो । गोमादेवीले ती वर्षअघि र रुपलालले गत वर्ष बीमा गर्नुभएको थियो ।

उहाँहरुको एकामुष्ठमा बीमाङ्क दाबी रकम, दुर्घटना मृत्यु दाबी, बोनस र आन्तरि बोनस गरी रु. १४ लाख ३५ हजार ८८७ मृत्यु दाबी भुक्तानी गरिएको रिजालले जानकारी दिनुभयो ।

कम्पनीले हिँजो कार्यक्रमको आयोजना गरी फालेलुङ–७ का वडाध्यक्ष टेकबहादुर केरुङमार्फत मृककका छोरा छोरी प्रशन र करुणा दर्लामी मगरलाई चेक हस्तान्तण गरेको हो । पहिरोमा परी ४२ वर्षीय रुपलाल, २८ वर्षीय गोमादेवी र उहाँहरुकी भतिजी १९ वर्षीया एलिसाको मृत्यु भएको थियो ।