पाँचथर । नेकपा(एमाले)ले पाँचथरको मिक्लाजुङ गाउँपालिकामा निर्वाचन परिचालन कमिटी गठन गरेको छ । एमालेले फणिन्द्र घिमिरेको अध्यक्षतामा ५०१ जनाको कमिटी गठन गरेको एमाले मिक्लाजुङ गाउँपालिका सचिव दिनेश खनालले जानकारी दिनुभयो ।
संविधानसभा सदस्य तथा एमाले पाँचथरका सह–इन्चार्ज अइन्द्रसुन्दर नेम्बाङको प्रमुख आतिथ्यतामा भएको उक्त कमिटी गठन कार्यक्रम एमाले प्रदेश कमिटी सदस्य नरेन्द्र बस्नेत, एमाले जिल्ला सचिवालय सदस्य तथा पालिका इन्चार्ज छवि लावती, जिल्ला सदस्य तथा सह इन्चार्ज सनबहादुर मगर , जिल्ला सदस्यहरु नरकुमार राई , शरस्वती राई , गायत्री रिजाल , हस्तराज फियाक ,धनकुमार लावती, कुबेरमान थेगिमको सहभागितामा भएको हो ।
गठित कमिटीले आगामि मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेश सभाका सदस्यको निर्वाचनका लागि परिचालन हुने खनालले जानकारी दिनुभयो ।
प्रतिक्रिया