काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने डेंगुबाट संक्रमित हुनुभएको छ । उहाँले आफ्नो फेसबुक मार्फत संक्रमण भएको जानकारी दिनुभएको हो ।
उहाँले लेख्नुभएको छ, ‘हिजो दिउँसोदेखि ज्वरो र शरीर दुखाईका लक्षण देखिन थालेको थियो । आज परिक्षण गराउँदा डेंगु देखियो । डाक्टरको सल्लाह अनुसार केही दिन आराम गर्नु पर्ने भएकाले भरतपुर, तनहुँ, लम्जुङ, गोर्खा लगायतका कार्यक्रमहरुमा सहभागी हुन नसकिने कुराको जानकारी गराउँदछु ।’
उहाँको आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिनुभयो ।
प्रतिक्रिया