Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
हामीले जनताको मन जितेका छौंः बसन्तकुमार नेम्बाङ्ग « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

हामीले जनताको मन जितेका छौंः बसन्तकुमार नेम्बाङ्ग

चिन्तन खबर

फिदिम । पूर्वभौतिक पूर्वाधार तथा यातायात मन्त्री, नेकपा(एमाले)का केन्द्रीय सदस्य तथा पाँचथरबाट प्रतिनिधिसभाका उम्मेदवार बसन्तकुमार नेम्बाङ्गले एमालेले जनताको मन जितेको बताउनुभएको छ । पाँचथरको सदरमुका फिदिममा आयोजना भएको नेकपा(एमाले)को फिदिम नगरपालिका वडा नम्बर १, २ र ४ को कार्यकर्ता भेला कार्यक्रममा एमाले सरकारका पालामा देश निर्माणमा ठूलो फड्को मारेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो– “नेपाली जनताको मन जितेका छौं । जतिसुकै गठबन्धन र अदालतको सेटिङले सरकार हटाएपनि जनताले एमालेलाई विश्वास गरेका छन् । भर्खरै सम्पन्न स्थानिय तहको चुनावको परिणामले सबै भन्दा बढी ३७ लाख भोट खसाएर जनताले नयाँ जनादेश दिएका छन् । यहि आधारमा जनता नेकपा एमालेको दुई तिहाइका साथ भोट दिएर एमाले सरकार बनाउन आतुर छन् ।”

केपी ओली सरकार भएको समयमा ५० औं वर्षदेखिका राष्ट्रिय स्वाभिमानका मुद्दालाई छिनोफानो गरेर अघि बढेको नेम्बाङले बताउनुभयो । उहाँले भन्नुभयो– “स्वाथ्य, खानेपानि, विद्युत, ठुलठुलाबाटाहरु, पुल पुलेसा, रेल मार्ग तथा ठूलठूला भौतिक पूर्वाधारका क्षेत्रमा एमाले सरकारले ठुलो फड्को मारेको छ ।”

उहाँले आफु मन्त्री भएको समयमा पाँचथर जिल्लाका धेरै काम भएकोे बताउनुभयो । प्रतिद्वद्धी पार्टीहरुबाट भ्रम फैलाउने काम भइरहेको उहाँको भनाई छ । लामो समय नेपाली कांगे्रस सत्तामा रहदा पनि पाँचथरबाट गएको प्रतिनिधिबाट काम हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो– “नेपाली कांग्रेसबाट पूर्णकुमार शेर्मा पाँचथरको प्रतिनिधित्व गर्दे मन्त्री भए, अहिलेका प्रतिद्वन्दि भिष्मराज आङ्देम्बे ५ वर्षका निम्ति संविधानसभा बने तर केहि काम भएन । तर म मन्त्री हुँदा कति काम भएको छ ? त्यो विषय पाँचथरबासीले केलाउनु पर्ने समय आएको छ ।”
उहाँले भन्नुभयो–“तमोर करिडोरको काम पुरा म मन्त्री हुँदा पालामा सम्पन्न भएको छ । अब यो बाटो कालोपत्रे हुँदै छ । फिदिम–नवमिडाँडा कालोपत्रे सम्पन्न भएको छ । निबु खोलाको पुल सम्पन्न भएको । फिदिम–प्राङ्बुङबाटो कालोपत्रेको काम भएको छ । यी बाहेक अन्यका थुप्रै काम भएका छन् ।”

एमाले फिदिम नगरपालिका वडा नम्बर २ का पारसमणि अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पाँचथरको प्रदेश सभा क का उम्मेदवार राजकुमार भण्डारी, ख का उम्मेद्वार अइन्द्रसुन्दर नेम्बाङ्गले सम्बोधन गर्नुभएको थियो ।