Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
वसन्त नेम्बाङः राष्ट्रिय छवि बनाएर चौथो जितको खोजीमा « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

वसन्त नेम्बाङः राष्ट्रिय छवि बनाएर चौथो जितको खोजीमा

चिन्तन खबर

काठमाडौं । पञ्चायती शासन ढलेपछि पूर्वी पहाडको पाँचथरमा नेकपा (एमाले)को भर्खर संगठन निर्माण हुँदै थियो । नेकपा (एमाले) संगठन विस्तारमा जुट्दै गर्दा आम निर्वाचन घोषणा भयो । उम्मेदवार को बन्ने ? यकिन थिएन । सशक्त संगठन रहेको काँग्रेस र प्रभावशाली नेता पूर्वमन्त्री पद्मसुन्दर लावतीसँग प्रतिस्पर्धा गर्नु एमालेका लागि सामान्य कुरा थिएनँ । यत्तिकैमा एमालेले जिल्लाका दुवै क्षेत्रमा दुई लक्का जवानलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनायो ।

युवाहरुमाँझ लोकप्रिय, प्रखर वक्ताहरु वसन्तकुमार नेम्बाङ र डम्बरसिंह सम्बाहाम्फे एमालेबाट पाँचथर क्षेत्र नं. १ र २ मा उम्मेदवार बन्नुभयो । जनतामाँझ पलाउँदै गरेको राजनीतिक चेतनामा यी युवा नजरमा पर्नुभयो अनि दुनियाँलाई आश्चार्य बनाउँदै संसद्को यात्रा तय गर्नुभयो । त्यसपछि पाँचथरमा एमालेले विजयको यात्रा नै थाल्यो भन्दा फरक पर्दैन् ।

कानूनमा स्नातक उत्तिर्ण वसन्तकुमार नेम्बाङ विद्यार्थी राजनीति हुँदै संसदमा पुग्दा जुन जोस् र उर्जाका साथ प्रस्तुत हुनुभएको थियो, ३० वर्षपछि अहिलो पाँचौं पटक चुनावमा प्रतिस्पर्धा गर्दै गर्दा जिल्लालाई विकसित बनाउने कार्यमा उत्तिकै क्रियाशील हुनुहुन्छ ।

पाँचथर जिल्ला सदरमुकाम फिदिममा २०१८ चैतमा जन्मिएका वसन्तकुमार नेम्बाङ ३० वर्षमै प्रतिनिधिसभा सदस्य बन्नुभएको थियो । पहिलो पटक २०४८ मा पाँचथरबाट संसदमा निर्वाचित उहाँ २०५६ र २०७४ सालमा पनि सांसद चुनिनुभयो । पहिलो पटक २०७६ सालमा मन्त्री बन्ने सौभाग्य पाएपछि ६० वर्ष पुग्न लाग्दा नेम्बाङको कार्यकुशलता र अब्बलता पुष्टि भयो ।

२०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा नेम्वाङ उम्मेदवार नबनेर पार्टीका नेता गणेशकुमार काम्बाङलाई चुनावमा सहयोग गर्नुभएको थियो । पाचौं पटक प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्दा राष्ट्रमा सुपरिचित हुनुका साथै वाहवाही पाएका सिमित नेता मध्येमा नेम्बाङको नामा आउने गर्दछ । उसो त जिल्लाको विद्युतिकरणमा नेम्बाङले गरेको अगुवाईले जिल्लावासीमाँझ उहाँको सधैं चर्चा भइरहन्छ ।

अधिकांश मन्त्रीहरु सफल हुन नसकेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको जिम्मेवारीमा पुगेर ठूला पूर्वाधार विकासमा रहेका नीतिगत तथा प्राविधिक समस्याहरु हटाउँदै राष्ट्रिय गौरबका आयोजनाहरु, सुरुङ मार्गहरु, रेल्वेलाइनहरु, उत्तर–दक्षिण मार्गहरु, द्रूत मार्गहरुको निर्माणलाई रफ्तारमा अघि बढाउन नेम्बाङ सफल हुनुभयो । मुलुकको मानचित्रमा निकै छाँयामा पर्ने गरेको सूदुरपूर्वको पाँचथरलाई मन्त्री भएर देशभरि सुपरिचित गराउने काम नेम्बाङबाट सफल भयो ।

अलपत्र हुने सडकको मर्मत गर्दै सवारी दुर्घटना घटाउने, लाइसेन्स वितरण तथा नवीकरणलाई सहज बनाउने, कालोपत्रे नपुगेका स्थानीय तहमा कालोपत्रे पु¥याउने, विगतका सरकारको ध्यान नपुगेका दूरदराजका बस्तीमा बजेट र विकास पु¥याउने जस्ता कार्यले उहाँ ‘दोश्रो कुलमान’ नामले पनि सम्बोधित हुनुभयो ।

मन्त्री र सांसद् नहुँदा पनि जिल्लाको विकासमा अहोरात्र खट्ने, अध्यारा गाउँवस्तीमा विजुली पु¥याउने, सुक्खा क्षेत्रमा खानेपानी विस्तार गर्ने, तमोर कोरिडोर सहितका सडकहरुको पूर्णता तथा नयाँ सडक निर्माण थाल्ने, पर्यटन विकासका लागि केचना–कञ्चनजंघा सडकदेखि धार्मिक पर्यटकीय क्षेत्रहरुमा पूर्वाधार विकास थाल्ने जस्ता कार्यबाट जिल्लामा नेम्बाङ विकासको पर्याय र पद्मसुन्दर लावतीजस्तै सफल र विकासप्रेमी राजनीतिज्ञका रुपमा स्थापित हुनुभएको छ ।

सात महिना शहरी विकास मन्त्री हुँदा जिल्लाका ५५ सयभन्दा बढी खरको छानो भएका घरमा जस्तापाता लगाउने कार्यको थालनी जिल्लामा नेम्बाङलाई कहिल्यै नबिर्सिने काम हो । यस पटक नेम्बाङ पाँचथरको प्रदेश सभा क मा अनुभवी नेता एवं संगठक राजकुमार भण्डारी तथा प्रदेश ख मा सिर्जनशील नेता अइन्द्रसुन्दर नेम्बाङका साथमा उम्मेदवार बन्नुभएको छ ।

जिल्लाका सात स्थानमा थालिएका अस्पतालको पूर्णता र सञ्चालन गर्ने, प्राविधिक र ब्यवसायिक शिक्षाको विस्तार गर्ने, जिल्ला अस्पताललाई १०० शैय्यामा विस्तार गर्ने, मुख्य सडकहरुको कालोपत्रे तथा भित्री सडकहरुको स्तरोन्नति गर्ने, सबै घरमा खानेपानी र बिजुली पु¥याउने, ओझेलमा परेको जिल्लालाई पर्यटनको हब बनाउने, खेलकूदका पूर्वाधारमा थप लगानी भित्र्याउने, भारतको सीमा नजिक कालोपत्रे सडक निर्माण गर्ने, कृषिको आधुनिकीकरण तथा कृषि उपजको मूल्य र बजारको ग्यारेण्टिका लागि पहल गर्ने, खरको छानोमा जनतालाई बस्न जस्ता नेम्बाङका एजेण्डा छन् ।

यस पटक नेम्बाङलाई गठबन्धनको नेपाली काँग्रेसका भीष्मराज आङ्देम्बेले चुनौति दिँदै हुनुहुन्छ । प्रदेशका दुवै क्षेत्रमा पनि गठबन्धन र एमालेवीच प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।