फिदिम । पाँचथरको सदरमुकाम स्थित फिदिम नगरपालिका–४ जोरसालको सुखबोध माविमा रहेको मतदान केन्द्रमा बारम्बार बम पड्कीएको छ । मतदान केन्द्र भित्रै बम पड्कीएको मतदाताले बताएका छन् । करिव ९ बजेको समयमा १ पटक र ११ बजेर ४० मिनेट जाँदा अर्को पटक बम पड्कीएको हो ।
पाँचथरका प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बम नभएर केटाकेटीले पट्काउने पटका भएको बताउनुभएको छ । अहिले यहाँको सुरक्षा अबस्था कडा बनाइएको उहाँले बताउनुभएको छ । मतदान केन्द्र भित्रै बम पड्कीएले मतदातालाई त्रास फैलिएको छ । ‘मैलै छाप लगाएर मतदान पेटिकामा मत खसकाउदै थिए मेरो कानमा केहि बस्तु आएको आवाज सुने केहि छिनमा त्यो बस्तु मेरो हातमा पर्यो अनि भुइमा खस्यो ठुलो आवाज आएर पड्कीयो ।’ मतदाता महेन्द्र सेन्चुरीले बताउनु भयो । उहाँ भन्नुहुन्छ –त्यो त पटका हैन ।
उक्त अराजग गतिविधि गर्ने मान्छेको खोजि भइरहेको प्रजिअ गैरेले जानकारी दिनुभयो ।
पटका नभएर सुतली बम हुन सक्ने स्थानियले बताएका छन् । यो स्थल फिदिम स्थित ससस्त्रको क्याम्पबाट करिव पाँचसय मिटर नजिक छ ।
राजनीतिक दलहरुले मतदातालाहरुलाई मत हाल्न सहज बातावरण बनाइदिन प्रसाशन र सुरक्षा निकायलाई आग्रह गरेका छन् ।
प्रतिक्रिया