मोरङ । मोरङको बिराटनगर महानगरपालिका–१६ बाट अवैधरुपमा भन्सार छलि गरेका बिभिन्न प्रकारका सामग्रीहरु प्रहरीले बरामद गरेको छ ।
हिजो राती इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीको गस्ती टोलीले भारतबाट नेपालतर्फ भन्सार छलि गरी लुकाएर ल्याउँदै गरेको अवस्थामा आँखाको लेन्स, आँखामा लगाउने औषधी, सुट कपडा, साडी, चिया छान्ने जाली तथा कागती निचोर्ने मेशिन लगायतका सामानहरु बरामद गरेको हो ।
बरामद गरिएका १२ लाख ३ हजार ४ सय २० रुपैया मूल्य बराबरको सामानहरु आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बिराटनगरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
प्रतिक्रिया