Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुलाई पशुपति शम्शेरले शपथ खुवाउने « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुलाई पशुपति शम्शेरले शपथ खुवाउने

चिन्तन खबर

काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका पशुपति शम्शेर जबराले शपथ खुवाउने हुनुभएको छ ।

संवैधानिक प्रावधान अनुसार जबराले शपथ ग्रहण गराउने संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिनुभयो ।

डा. पाण्डेका अनुसार प्रतिनिधिसभामा निर्वाचिन २७५ सांसदलाई शपथ खुवाउन जेष्ठ सांसद सदस्यका लागि तीन जनाको जन्म मिति भिडाइएको थियो।

‘निर्वाचित सांसदहरुको जन्म मिति भिडाएर हेर्दा सबैभन्दा जेठो सांसद पशुपति शमशेर राणा देखिएका छन्। त्यसैले उनलाई ज्येष्ठ सांसदका रुपमा राष्ट्रपति समक्ष सपथका लागि सिफारिस गरिएको छ’, प्रवक्ता डा। पाण्डेले भन्नुभयो, ‘उहाँले विहीबार ६ गते राष्ट्रपतिबाट सपथ लिएपछि अन्य सांसदलाई सपथ गराउनुहुन्छ।’