काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ३ उपप्रधानमन्त्रीसहित ८ सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन् ।
उक्त मन्त्रिमण्डलमा एमालेका विष्णु पौडेल उपप्रधान तथा अर्थ मन्त्री, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ उपप्रधान तथा भौतिक तथा पूर्वाधार मन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री बनेका छन् ।
त्यस्तै, एमालेका ज्वालाकुमारी शाह, राजेन्द्र राई र दामोदर भण्डारी तथा जनमत पार्टीका अब्दुल खानले मन्त्री बनेका छन् । उपप्रधान बाहेक कुनै पनि मन्त्रीको कार्यभार तोकिएको छैन् ।
प्रधानमन्त्री दाहाल सहित उपप्रधानमन्त्रीहरु र मन्त्रीहरुले आज शितलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथग्रहण गरेका छन् ।
प्रतिक्रिया