विराटनगर । प्रदेश नंं. १ प्रदेश सभाको प्रथम अधिवेशन पुस १७ मा बस्ने भएको छ।
मन्त्रिपरिषद्को सिफारिसमा मंगलबार प्रदेश प्रमुख परशुराम खापुङले प्रथम अधिवेशन आव्हान गरेका हुन् । पुस १७ गते आइतबार अपरान्ह १ः०० बजेका लागि आह्वान गरिएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ।
‘प्रदेश सरकार, मन्त्रिपरिषद्को मिति २०७९/०९/११ गतेको सिफारिसमा माननीय प्रदेश प्रमुख परशुराम खापुङ्गज्यूले नेपालको संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम सम्वत् २०७९ साल पुस १७ गते आइतबार दिनको १स्०० बजे प्रदेश नं. १ को प्रदेश सभाको प्रथम अधिवेशन आह्वान गर्नु भएको छ’, प्रदेश प्रमुख कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
प्रतिक्रिया