Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
सवारी दुर्घटनामा छ जनाको मृत्यु « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

सवारी दुर्घटनामा छ जनाको मृत्यु

चिन्तन खबर

काठमाडौं । देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुरस्थित सडकमा प्रदेश २–०३–००१ च २३९६ नम्बरको बोलेरो गाडीको ठक्करबाट साइकलयात्री सोही नगरपालिका–२ बस्ने ३५ वर्षीय चक्रेश्‍वर चौधरीको शुक्रबार राती मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवा हुँदै थप उपचारको लागि वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी सर्लाहीकै ईश्वरपुर नगरपालिका–१२ सडकमा ना १ ब २५५६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई शुक्रबार राती दुर्घटना हुँदा मोटरसाइकल चालक धनुषाको धनुषाधाम नगरपालिका–३ बस्ने ३० वर्षीय रोशन यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो ।

उता रुपन्देहीको बुटवल उपमहानगरपालिका–५ स्थित सडकमा ग १ ज ६३६७ नम्बरको बोलेरो गएराती आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा बोलेरोमा सवार हाल वतन नखुलेका २८ वर्षीय रोशन गिरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

धनुषाको गणेशमान चारनाथ नगरपालिका–६ स्थित चारनाथ पुलमा प्र २–०२–००३ प.९६०९ नम्बरको मोटरसाइकललाई को १ ख ४६२४ नम्बरको बसले शुक्रबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका–६ बस्ने ३० वर्षीय पवन जैसवालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कैलालीको गौरीगंगा नगरपालिका–६ बनबेहडास्थित सडकमा सु प प्र ०२००१ ज ४०६ नम्बरको हायस अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा गाडीमा सवार हाल वतन नखुलेका ७३ वर्षीय कर्मा प्याकुरेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका गाडीका चालक सहित ६ जनाको पदमा अस्पताल अत्तरियामा उपचार भइरहेको छ ।

यता बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–४ स्थित सडकमा ना ७ ख १७ नम्बरको ट्रकको ठक्करबाट साइकलयात्री दैलेख नारायण नगरपालिका–५ खातिकोट बस्ने १८ वर्षीय तेजन थापा मगरको शनिबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको भेरी अस्पताल नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।