Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
हातेमालो सहकारी : १७१४ बचतकर्ता, करीब ४ करोड ऋण लगानी « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

हातेमालो सहकारी : १७१४ बचतकर्ता, करीब ४ करोड ऋण लगानी

चिन्तन खबर

फिदिम । फिदिममा कार्यालय रहि पाँचथर जिल्लालाई कार्यक्षेत्र बनाएको हातेमालो कृषि सहकारी संस्थामा बचतकर्ताको सङ्ख्या १ हजार ७ सय १४ पुगेको छ ।

जिल्लाकै ठूलो मध्यको एक यस कृषि सहकारीको शेयर पुँजी १ करोड ७८ लाख ७७ हजार १०० रुपैयाँ छ । यस्तै सहकारीको बचत निक्षेप २ करोड ११ लाख ९५ हजार ६८६ रहेको छ । उक्त सहकारीको गत पुष २३ गते सम्पन्न १६औं साधारणसभामा प्रस्तुत प्रतिवेदनअनुसार सहकारीले हालसम्म ३ करोड ९१ लाख ५४ हजार ३९१ रुपैयाँ ऋण लगानी गरेको छ ।

घर र जग्गासमेत रहेको यस सहकारीसँग १ करोड ४२ लाख ९३ हजार १७९ रुपैयाँको सम्पत्ति रहेको छ । सहकारीले तिर्न बाँकी ऋण ७१ लाख ३ हजार ३९३ रुपैयाँ रहेको संस्थाको प्रतिवेदनमा उल्लेख छ ।

२०६३ चैतमा दर्ता भएको यो सहकारीले कृषि उत्पादन, ब्यवसायिक खेती प्रणाली, बजारीकरण, बचत र ऋण समेतको काम गर्ने उद्देश्य लिएको छ । सहकारीले भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं. १ बाट सहयोग प्राप्त गरी कृषि सङ्कलन केन्द्र भवन तथा कार्यालय निर्माण गरेको जनाएको छ ।

उक्त सहकारीले १४२ जना सदस्यलाई १८८ थान विभिन्न कृषि औजार वितरण गरेको छ । जसमा हाते ट्याक्टर, मिनि मिल, पिठो मिल, चापकटर, थ्रेसर लगायत औजार तथा उपकरण छन् ।

सहकारीले कृषि उपजको सङ्कलन तथा बजारीकरणका लागि सरोकारवाला निकायहरुसँग साझेदारी गर्ने, कृषि अवलोकन भ्रमण, कृषि औजार र बीउविजन वितरण गर्ने, कृषकहरुलाई सहुलियत कर्जा उपलब्ध गराउन युवा तथा साना ब्यवसायी स्वरोजगार कोष तथा साना किसान विकास लघुवित्त लगायत संस्थाबाट कर्जा लिने, कृषक समूहरुलाई चुस्त र क्रियाशील बनाउने कार्ययोजना अघि सारेको अध्यक्ष देवीप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

यस्तै सामूहिक खेती र कृषि ब्यवसाय प्रोत्साहन गर्ने, पालिकास्तरीय सङ्कलन केन्द्र स्थापना तथा बिउ उत्पादनको ब्यवस्थाका लागि पहल गर्ने, कृषक समूहहरुको प्रोत्साहनका लागि घासँको बिउ तथा विरुवा, मसला, खुर्सानी, तरकारी, फलफूल लगायतको बिउ निःशुल्क वितरण गर्ने, कृषि उपजको बजारीकरणमा सहयोग पु¥याउन आवश्यक समन्वय गर्ने कार्ययोजना समेत उक्त सहकारीको रहेको छ ।

यस्तै कृषि उपजको उत्पादन र बजारीकरणलाई सहज एवं ब्यवस्थित गर्न फिदिम र मिक्लाजुङमा कृषि थोक बजार स्थापना गरी दीगो सञ्चालनका लागि सबै निकायसँग पहल गर्ने विशेष प्रस्ताव अघि बढाइएको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।

सहकारीका सदस्य तथा कृषकहरुलाई प्रोत्साहन गर्न सहकारीका उपाध्यक्ष सूर्यकुमार निरौलाले उक्त सहकारीमा ‘सूर्यकुमार निरौला उत्कृष्ट कृषक पुरस्कार कोष’ स्थापना गर्नुभएको छ । उक्त कोषबाट पशुपालक, तरकारी उत्पादक, फलफूल उत्पादक र कृषिजन्य ब्यवसाय गर्ने एक÷एक जनालाई वर्षेनि पुरस्कृत गर्दै आएको छ ।

यस्तै उत्कृष्ट ऋण ३ जना, उत्कृष्ट बचतकर्ता २ जना, कृषिजन्य ब्यवसायीहरु २ जना, कृषि विज्ञ, प्राविधिक वा प्रशिक्षक एक जनालाई समेत पुरस्कृत गर्दै आएको उपाध्यक्ष सूर्यकुमार निरौलाले जानकारी दिनुभयो । यस्तै शेयर सदस्य प्रोत्साहनका लागि शेयर सदस्य स्वयं वा निजको बावुआमा, छोराछोरी, श्रीमान/श्रीमतीको मृत्युमा २ हजार रुपैयाँको जिन्सी वा नगद सहयोग गर्ने, शेयर सदस्यको बच्चा जन्मेमा निःशुल्क खाता खोली ४०० रुपैयाँ बचत गर्ने नीतिलाई सहकारीले निरन्तरता दिएको छ ।

शेयर सदस्य तथा तिनमा आश्रित अभिभावकविहीन, जेहेन्दार र उत्कृष्ट विद्यार्थी २ जनालाई सहकारीमा रहेको ‘स्व. आनन्द खत्री अधिकारी स्मृति कोष’बाट पुरस्कार प्रदान गर्ने, दुर्घटनामा परेका सदस्यलाई तत्कालै ५ हजार रुपैयाँ उपलब्ध गराउने, गम्भीर रोगबाट पीडित सदस्यलाई १० हजार रुपैयाँसम्म सहयोग गर्ने नीतिलाई समेत सहकारीलाई निरन्तरता दिएको छ ।

पुष २३ गते सम्पन्न उक्त सहकारीको १६औं साधारणसभा तथा छैटौं अधिवेशनले पुनः देवीप्रसाद अधिकारीको अध्यक्षतामा १५ सदस्यीय सञ्चालक समिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्ष सूर्यकुमार निरौला, सचिवमा दीपक अधिकारी खत्री, सहसचिवमा पुण्यप्रसाद दुलाल र कोषाध्यक्षमा चन्द्रकुमारी विश्वकर्मा रहनुभएको छ ।