Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
याङवरकमा भूमिहीन तथा अब्यवस्थित बसोबासीको तथ्याङ्क सङ्कलनको तयारी « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

याङवरकमा भूमिहीन तथा अब्यवस्थित बसोबासीको तथ्याङ्क सङ्कलनको तयारी

चिन्तन खबर

नेत्रप्रसाद कोइराला, थर्पु।

पाँचथरको याङवरक गाउँपालिकाले गाउँपालिका भित्र रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अब्यवस्थित बसोबासीको तथ्याङ्क सङ्कलन कार्य अघि बढाउने भएको छ ।

गाउँपालिकाका छ वटै वडामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अब्यवस्थित बसोबासीको तथ्याङ्क सङ्कलनका लागि प्रविष्टिकर्ता खटाइएको याङवरक गाउँपालिकाले जनाएको छ । यस गाउँपालिकालाई समेत समेटी राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने तथा अब्यवस्थित बसोबासीको ब्यवस्थापन गर्ने उद्देश्यले गत पुष २२ गते ३५ दिने सूचना प्रकाशन गरेको छ ।

सोही सूचनाबमोजिम जग्गा प्राप्त गर्न भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अब्यवस्थित बसोबासी आव्हान गर्दै गाउँपालिकाले सो कार्यका लागि अनलाइन प्रविष्टिकर्ता खटाएको हो । बुधवार याङवरक गाउँपालिका–४ थर्पुमा अभिमुखिकरण कार्यक्रमको आयोजना गरी भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अब्यवस्थित बसोबासीको तथ्याङ्क सङ्कलन कार्यबारे सम्वद्ध पक्षलाई जानकारी गराइएको छ ।

गाउँपालिका उपाध्यक्ष बाबा मेन्याङ्बोको अध्यक्षतामा आयोजित कार्यक्रममा याङवरक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देन लिम्बू, याङवरक गाउँपालिकाका छ वटै वडाका वडाध्यक्षहरु, छ वटै वडा कार्यालयका सचिवहरु र अनलाइन प्रविष्टिकर्ताहरुको सहभागिता थियो ।

कार्यक्रममा हिलिहाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिक्रम लिम्बूले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अब्यवस्थित बसोबासीको तथ्याङ्क सङ्कलनका विषयमा जनप्रतिनिधि, कर्मचारी र अनलाइन प्रविष्टिकर्तालाई प्रष्ट्याउनु भएको थियो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बाबा मेन्याङ्बोले वास्तविक भूमिहीनले जग्गा पाउने तथा अब्यवस्थित बसोबासीको ब्यवस्थापन हुने हिसाबले तथ्यपरक रुपमा विवरण उपलब्ध गराउनु सबै गाउँपालिकावासीको जिम्मेवारी भएको वताउँदै सोहीअनुसार काम गर्न वडाध्यक्ष, वडा सचिव तथा प्रविष्टिकर्ताहरुलाई आग्रह गर्नुभयो ।