Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

चिन्तन खबर

मोरङ । ट्रकको ठक्करबाट मोरङको सुन्दरहरैचा नगरपालिका–३ मा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

हिजो बेलुका सवा ७ बजे प्रदेश नम्वर १–०२–००१ ख ९४३० नम्वरको ट्रकले को ३५ प ६७४८ नम्वरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकल चालक बुढीगँगा गाउँपालिका–७ मोरङका ३२ बर्षीय सुमित खवास गम्भीर घाइते भएका थिए ।

घाइते खवासलाई उपचारका लागि धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकामा उनलाई चिकित्सकले मृत घोषित गरेका थिए । दुर्घटनामा संलग्न ट्रक र ट्रकका चालक झापा हल्दिबारी–२ का ३५ बर्षीय धिरेन राजबंशीलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिई कानूनी कारबाहीको प्रकृया अघि बढाएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।