Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
पाकिस्तानको पेशावरमा शक्तिशाली विस्फोट, ४७ जनाको मृत्यु, १५० बढी घाइते « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

पाकिस्तानको पेशावरमा शक्तिशाली विस्फोट, ४७ जनाको मृत्यु, १५० बढी घाइते

चिन्तन खबर

काठमाडौं । पाकिस्तानी सहर पेशावरमा भएको एक बम विस्फोटनमा परेर कम्तीमा ४७ जना मानिसहरू मारिएका छन्।

घटनामा परेर १५० जनाभन्दा धेरै मानिसहरू घाइते भएको बताइएको छ। स्थानीय समय अनुसार सोमवार दिउसो झण्डै १ः३० बजेतिर एक मस्जिदमा मानिसहरू भरिभराउ रहेका बेला भएको उक्त विस्फोटन भएको हो।

सुरुवाती विवरणहरूमा मस्जिदभित्रको अघिल्लो लहरमा रहेर हमलाकारीले आत्मघाती विस्फोट गराएको सुरक्षा अधिकारीहरूले बताएका थिए। तर त्यसको पुष्टि हुन सकेको छैन। गत नोभेम्बरमा युद्धविराम भङ्ग गरेको पाकिस्तानी तालिबानले हमला आफूले गराएको जनाएको छ।

उक्त भवनको एउटा भाग ध्वस्त भएको छ र अधिकारीहरूले मानिसहरू भग्नावशेषमा पुरिएको बताएका छन्। अन्य कैयौँलाई स्थानीय अस्पतालहरूमा लगिएको छ। विस्फोटनको कारण कारण प्रस्ट भइसकेको छैन।

तर एकजना अधिकारीले प्रहरीलाई लक्षित गरेर विस्फोटन गराइएको र मृत्यु हुने धेरैजना प्रहरीहरू रहेको बताएका छन्। पेशावरका प्रहरी प्रमुखले स्थानीय सञ्चारमाध्यमहरूलाई बताए अनुसार मस्जिदमा विस्फोट हुँदा त्यहाँ ३०० देखि ४०० को बीचमा प्रहरीहरू उपस्थित थिए।

प्रधानमन्त्री शहबाज शरिफले कडा शब्दमा त्यस हमलाको निन्दा गरेका छन्। एक विज्ञप्तिमार्फत उनले घटना गराउनेहरूको ूइस्लामसँगको कुनै साइनो नहुनेू बताएका छन्। उनले थपे, “पूरा देश आतङ्कवादको त्रासविरुद्ध उभिएको छ।”

अफगानिस्तानसँग सीमा जोडिएको पाकिस्तानको उत्तर पश्चिमी सहरमा रहेको सो मस्जिदमा दिउसोको प्रार्थनाको समयमा उक्त विस्फोटन भएको हो। लेडी रिडिङ अस्पतालका एकजना प्रवक्ताले घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताउँदै त्यसलाई ‘आपत्कालीन अवस्था’ बताएका छन्।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार घटनास्थलमा प्रहरी, सेना र बम निष्क्रिय पार्ने दलका सदस्यहरू पुगेका छन्। पछिल्ला वर्षहरूमा पेशावरमा कैयौँ ठूला हमला भएका छन्। गत मार्चमा एउटा सिया मस्जिदमा भएको विस्फोटनमा ६४ जना मारिएका थिए।

सन् २०१४ मा सेनाका छोराछोरी पढ्ने विद्यालयमा भएको आक्रमणमा १५० जनाको ज्यान गएको थियो। पछिल्लो घटनासँगै राजधानी ईश्लामावादमा सुरक्षा सतर्कता बढाइएको छ र उक्त सहर पस्ने र त्यहाँबाट निस्कने बिन्दुहरूमा सुरक्षाकर्मीहरूको उपस्थिति बढाइएको छ। (बीबीसी नेपालीबाट)