काठमाण्डौं । वृद्धभत्ताको पैसा नपाएको निहुँमा कैलालीमा छोराले बञ्चरो प्रहार गरी आफ्नै बयोवृद्ध आमाको हत्या गरेका छन्।
लम्कीचुहा नगरपालिका–६ का ४० वर्षीया श्रीराम थारुले ७१ वर्षीया आमा लगनीदेवी थरुनीलाई मंगलबार बञ्चरो प्रहार गरेर हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बञ्चरो प्रहारबाट गम्भीर घाइते लगनीदेवीको धनगढीको नवजीवन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
श्रीरामले वृद्धभत्ताको रकम नदिएको भन्दै आमालाई बञ्चरोले ढाड र खुट्टामा प्रहार गरेको पाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।
प्रहरीले श्रीरामलाई पक्राउ गरेर थप अनुसन्धान थालेको छ । श्रीराम यसअघि ज्यान मुद्दामा पाँच वर्ष कैद सजाय भुक्तान गरिसकेको खुलेको छ ।
प्रतिक्रिया