Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
रविलाई ओलीकै आश « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

रविलाई ओलीकै आश

चिन्तन खबर

काठमाडौं । सत्तारुढ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच मंगलबार भेटवार्ता भएको छ।

भक्तपुरको बालकोटस्थित ओली निवासमा दुवै जनाबीच सत्ता गठबन्धनमा भएको सहमतिबारे छलफल भएको छ। सरकार गठन हुँदा सत्ता गठबन्धन दलहरूबीच भएको सहमति कार्यान्वयनमा समस्या आएको र सहमतिअनुसार गृह मन्त्रालय आफ्नो पार्टीले पाउनुपर्ने अडान सभापति लामिछानेले अध्यक्ष ओलीसँग राखेको उनको सचिवालयले जनाएको छ।

भेटवार्ताका क्रममा अध्यक्ष ओलीले सत्ता गठबन्धनबीच भएको सहमति कार्यान्वयनको पक्षमा आफू रहेको बताएका थिए। लामिछानेले मंगलबारै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि भेट गरेका थिए।

प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर लामिछानेले आफूलाई गृह मन्त्रालय दिन प्रचण्डसँग माग गरेका थिए। गृह नपाए सरकारलाई दिएको समर्थन फिर्ता लिने लामिछानेको चेतावनी छ।

नागरिकता प्रकरणमा सांसद पद गुमाएका लामिछानेले आइतबार पुनः नागरिकता लिएका छन्। नागरिकता लिएलगत्तै पुनः पार्टीको सभापति बनेका लामिछानेले आइतबार पनि प्रधानमन्त्री प्रचण्डलाई भेटेर गृह मन्त्रालय मागेका थिए।

प्रधानमन्त्री प्रचण्ड भने रविलाई गृह दिन इच्छुक छैनन्। उनले गृह मन्त्रालय आफ्नै पार्टीसँग राख्न चाहेका छन्।

सर्वोच्च अदालतबाट लामिछानेको नागरिकता विवाद सम्बन्धी फैसलाको पूर्ण पाठ नआएसम्म गृहमन्त्रालयका विषयमा कुनै निर्णय नगर्ने बताउँदै प्रचण्डले गृह मन्त्रालयकै कारण सत्ता गठबन्धन संकटमा पार्न आफू इच्छुक नरहेको पनि सुनाए ।

प्रधानमन्त्रीबाट सकारात्मक संकेत नपाएका रवि मंगलबार दिउँसो सत्ता गठबन्धनको मुख्य घटक एमालेका अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगे । एमाले तर्फका उपप्रधानमन्त्री विष्णु पौडेलसहित बालकोट पुगेका लामिछानेले बालुवाटार भेटको वृत्तान्त सुनाएका थिए ।

उनी प्रायः बालुवाटारमा भएका महत्वपूर्ण भेटघाटपछि बालकोट पुग्ने गर्छन् । रविका कुरा सुनिसकेपछि ओलीले १० पुसमा नयाँ सत्ता घटक निर्माणकर्ता दलहरुबीच भएकै सहमति अनुसार सरकार अघि बढ्दा राम्रो हुने बताएका थिए ।