मोरङ । मोरङको बिराटनगर महानगरपालिका–१७ मटेरुवाबाट प्रतिबन्धित औषधि सहित प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।
हिँजो दिउँसो भारतको जोगवनीबाट नेपालतर्फ पैदल आउँदै गरेका पथरी शनिश्चरे–२ मोरङका २५ बर्षीय बिवेक मोतेलाई अस्थायी प्रहरी पोष्ट मटेरुवाबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्ने क्रममा उनको साथबाट लुपिजेसिक ४९ एम्पुल, एभिल ५१ एम्पुल, फेनारगन ५१ एम्पुल र डाइजोपाम ५१ एम्पुल सहित २०२ एम्पुल बरामद गरेको हो ।
प्रतिबन्धित औषधि सहित पक्राउ परेका मोतेमाथि इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
प्रतिक्रिया