Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
स्वतन्त्र पार्टीले प्रधानमन्त्रीलाई दियो दुई दिनको समय « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

स्वतन्त्र पार्टीले प्रधानमन्त्रीलाई दियो दुई दिनको समय

चिन्तन खबर

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृह मन्त्रालयबारे निर्णय गर्न प्रधानमन्त्री र उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकलाई २ दिनको समय दिएको छ ।

गृह मन्त्रालय दिन प्रधानमन्त्री तयार नभएपछि रास्वपाले सरकार छाड्ने तयारीका साथ केन्द्रीय सदस्य र सांसदहरुको संयुक्त बैठक बोलाएको थियो । तर गृह मन्त्रालय नपाएको झोकमा सरकारबाट बाहिरिने चेतावनी दिइरहेका सभापति रवि लामिछानेलाई पार्टीका बुहमत सांसद र केन्द्रीय सदस्यले स्वीकारेनन् ।

बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक केपी ओलीले दुई दिनको समय माग गरेकाले उनीहरुको आग्रह बमोजिम दुई दिनको समय दिइएको रास्वपाका प्रवक्ता एवम् महामन्त्री मुकुल ढकालले बताए।

“बैठक बस्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक केपी ओलीको पनि फोन आएको थियो । उहाँहरु दुवै जनाले दुई दिनको समय माग्नुभएको थियो। त्यसकारण हामी दुई दिन कुर्न तयार भएका हौँ”, महामन्त्री ढकालले भन्नुभयो ।

यस्तै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि उच्चस्तरीय संयन्त्रको बैठक बस्दासम्म दुई दिन सरकार नछोड्न आग्रह गरेको बताए। सत्तासाझेदार दलहरुको बैठक नबसी निर्णय गर्दा हतारो हुने र उच्चस्तरीय संयन्त्रका संयोजक एमाले अध्यक्ष केपी ओलीले पनि दुई दिन कुर्नुहोस् भनेका कारण आफूहरु तयार भएको ढकालले बताए।

नागरिकता प्रकरणमा रवि लामिछानेले उपप्रधानमन्त्री तथा गृहमन्त्री पद गुमाएका थिए । सर्वोच्चको फैसलापछि नेपाली नागरिकता लिएका लामिछानेले पुनः गृह मन्त्रालय पाउनुपर्ने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पटक पटक भेटेका थिए । तर प्रधानमन्त्रीले रविलाई गृह मन्त्रालय दिन अस्वीकार गरेका थिए ।

वर्तमान मन्त्रिपरिषदमा रास्वपाबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्की रहेका छन् ।