Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
प्रेम आर्चायकी श्रीमती भन्छिन्ः मेरो श्रीमानले पैसाकै लागि त्यो कदम चाल्नुभएको होइन « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

प्रेम आर्चायकी श्रीमती भन्छिन्ः मेरो श्रीमानले पैसाकै लागि त्यो कदम चाल्नुभएको होइन

चिन्तन खबर

काठमाडौं । आत्मदह गरेका प्रेमप्रसाद आर्चायकी श्रीमती नानुका अधिकारीले आफ्नो बैंक खाताको विवरण सार्वजनिक भएको भन्दै आपत्ति जनाएकी छन्।

बैंक खाताको विवरणसहित खातामा जम्मा भएको रकमबारे सामाजिक सञ्जालमा दुष्प्रचार हुँदा आफूलाई मानसिक तनाव भएको उनले बताइन्। बैंक खाताको स्क्रिन सट सामाजिक सञ्जालमा फैलिनुका साथै विभिन्न ठाउँबाट मानसिक यातना दिने काम भइरहेको उनको भनाइ छ। गृहजिल्ला इलाममा श्रीमानको दाहसंस्कारको कर्ममा खटेकी अधिकारीले खातामा जम्मा भएको रकमबारे आफू जानकार नभएको बताइन्।

“मेरो श्रीमानले मलाई पैसा आओस् भन्नकै लागि त्यो कदम चाल्नुभएको होइन। अहिले उहाँको नौ दिनको दाहसंस्कार कर्ममा छु, तर सामाजिक सञ्जालमा मानसिक तनाव दिने म्यासेस र पोस्ट आइरहेका छन्, यसले मलाई अझ विक्षिप्त बनाएको छ”, उनले भनिन्, “मेरो खातामा पैसा हाल्न मैले कसैलाई व्यक्तिगत रूपमा आग्रह गरेको छैन। सहयोगी मनबाट सहयोग स्वरूप रकम जम्मा भएको होला, तर मलाई जथाभावी भाइरल बनाउने र दुष्प्रचार गर्ने काम भएको छ।”

उनले आफ्नो गोपनीयता भंग गर्ने बैंक र कर्मचारीलाई काठमाडौंमा रहेका आफन्तको सहयोगमा उजुरी गर्ने बताइन्। सामाजिक सञ्जालमा नानुका अधिकारीको बानेश्वर शाखाको ग्लोबल आइएमई बैंकको खाता नम्बर र त्यसमा जम्मा भएको रकमको स्क्रिीन सटहरू पोस्ट भइरहेको छ।

अधिकारीले बुधबार प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएको विषयमा जानकार भएको बताइन्। “हिजो (बुधबार) सांसदहरूले उठाउनु भएको विषयमा थोरै जानकार छु। सांसद मोहन बस्नेतले काठमाडौंमा केही समयअघि रोजगारी र नानीहरूको शिक्षामा सहयोग गर्ने आश्वासन दिनुभएको थियो”, उनले भनिन्।

सांसद बस्नेतको आश्वासनप्रति आफू सकारात्मक रहेको उनको भनाइ छ। इलाम जिल्ला प्रशासन कार्यालय प्रमुखबाट पनि आश्वासन पाएको उनले बताइन्।

श्रीमान् प्रेमप्रसाद आर्चायको माग पूरा गराउन दाहसंस्कारको काम सकिने बित्तिकै काठमाडौं आउने बताइन्। उनले भनिन्, “उहाँलाई यस्तो निर्णय लिन बाध्य बनाउने सबैलाई कानुनको दायरामा ल्याउन प्रहरीमा उजुरी दिएकी छु। उहाँलाई शहीद घोषणा गर्न माग पनि गरेकी छु।”