काठमाडौं । टर्की र सिरियामा गएको भूकम्पबाट मृत्यु हुनेका संख्या ३५ सय नाघेको छ । भूकम्पले मुख्यतः टर्कीको नुरदागी र सिरियाको गाजिन्टेप्स प्रान्तलाई बढी प्रभाव पारेको बीबीसीले जनाएको छ ।
यहाँ ७.८ म्याग्नीच्युडको सो भूकम्पमा परी कैयन मानिस प्रभावित भएका छन् ।
टर्कीको आपतकालिन प्राधिकरणका अनुसार टर्कीमा कम्तीमा सात हजार ६३४ जना घाइते भएको एएफएडीले जनाएको छ भने दुई हजार ८३४ भवन ध्वस्त भएका छन् । भग्नावशेष परेका मानिसको उद्धार गर्ने कार्य जारी छ ।
प्रतिक्रिया