बिराटनगर । बुहारी बलात्कार गरेको आरोपमा मोरङमा प्रहरीले ससुरालाई पक्राउ गरेको छ ।
सुनवर्षी नगरपालिका–१ मोरङवाट बुहारी बलात्कार गरेको आरोपमा ससुरालाई पक्राउ गरेको हो । पीडितको गोपनियताका लागि पीडक ससुराको परिचय सार्वजनिक गरिएको छैन ।
मोरङ प्रहरीका डिएसपी टीकाबहादुर कार्कीका अनुसार सुनवर्षीकी–२५ वर्षीया युवतीले हिजो ५८ वर्षीय ससुराविरुद्ध इलाका प्रहरी कार्यालय रंगेलीमा किटानी जाहेरी दिएकी थिइन् । सोही जाहेरीका आधारमा अमरदह प्रहरी चौकीबाट खटिएको टोलीले पक्राउ गरिएको कार्कीले जानकारी दिए ।
जबरजस्ती करणी मुद्दा चलाउन बुधबार अदालतबाट म्याद थप गरेर घटनाको अनुसन्धान थालेको र पीडित महिलाको विराटनगरमा स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया